मेरी बास्सै बन्द हुँदा नरमाइलो दर्शकले निकै रुचाएको हास्य श्रंखला मेरी बास्सै बन्द हुँदा नरमाइलो लागको छ । प्राविधिक कारणले बन्द भयो । तर पनि म छिट्टै हास्यव्यङग्य कार्यक्रम मार्फत आउने छु । आफैले त बनाउदिन दाईहरु मिलेर बनाउने योजना अगाडि सानुभएको छ । म आफैले सुरु नगरेपनि सिरियलमा देखिन्छु । अहिले फिल्ममा व्यस्त छ । नाटक त छदैछ । फिल्म क्षेत्रमा बढी अहिले समय वितिरहेको छ । मेरी बास्सै आउनु भन्दा अगाडि पनि म सिनेमा थिए । सात आठ वटा फिल्ममा काम गरेपछि मात्र मेरी बास्सैमा खेल्न सुरु गरेको हो । कबडी फिल्म राम्रोसँग चल्यो । त्यसपछि सिताराम दाईले बोलाउनु भो । अहिले व्यस्त छु । हैट केही नगरेको त भन्नै मिल्दैन नि ? नाटकबाट कलाकारिता सुरु गरेपनि अहिलेसम्म एक दर्जन फिल्ममा अभियन गरिसकेको छु । कबडी र अहिले सर्वाधिक हिट भएको छक्का पन्जा पनि निकै राम्रोसँग चलेको छ । मलाई निकै खुसी लागेको छ । राम्रो र हेर्न लायक सिनेमा बन्यो । नेपाली सिनेमाको पनि भविष्य पनि छ भन्ने छक्का पन्जाले देखाएको छ । कबडीले पनि गरेको छ । केही नगरेको त भन्न मिल्दैन । केही नेपाली सिनेमाको बजार खस्किरहेको बेलामा राम्रो चलेको छ मेहनत र लगानी गरेर बनाएको चलत्रित्र चाही राम्रो भएको इतिहास छ । छक्का पन्जाले अहिलेसम्मको रेकर्ड तोडेको छ । नेपाली सिनेमालाई माया गर्नु हामी सबै कलाकारले खुसी मनाउनु पर्छ । buddhi-tamang-hait कल्पना मात्र होइन वास्तविक चाहियो सिनेमा बनाउदा हामीले भोगेको देखेको कुराहरुलाई नजिकबाट निकाल्ने र त्यसैलाई कलात्मक रुपमा प्रस्तुत गर्नुपर्छ । सबैले देखेको र भोगेको कुरा देखायौ भने मानिसहरुले सजिलै पचाउने र मन छुने खालको हुन्छ । यसले सबैको मन जित्छ । कहिलेकाही सिनेमा काल्पनिक पनि हुन सक्छ । तर यथार्थ धरातल विर्सनु हुँदैन । सिनेमा बनाउनु भन्दा अगाडि सोच्नु पर्छ । विषयवस्तुको छनोट राम्रो भयो भने सिनेमा चलि हाल्छ नि हो । हरेकको मनमा बस्नको लागि जनजीवनमा हुने गरेको घटनाहरुलाई कलात्मक रुपमा देखाउनु पर्छ । यसरी भयो हैट को जन्म सबै भन्दा पहिलो हैट शब्दको जन्म मैले गरेको हो भनेर दावी गर्ने ठाउँ छैन । हैट शब्द हरेक नेपाली समाजको जनजीवनसँग गासिएको शब्द हो । गाउँ घरमा गोरु जोत्दा पनि हैट भन्ने गरिन्थ्यो । गाउँघरमा भैसी चराउन जादा होस वा मेहनत गर्ने काममा हैट शब्दको प्रयोग हुने गर्छ । सबैले भन्ने शब्द हो । मैले यसलाई इमोनस रुपमा प्रयोग गर्छु । नाटकमा काम गर्दा पनि हैट यसरी सुतेर हुँदैन भन्थे । त्यही बोलीलाई रामबाबु गुरुङ दाईले बकाइदाको साथ स्क्रिप्ट कबडी फिल्ममा लेख्नु भो । कबडी फिल्ममा छोटो छोटो मात्र थियो । त्यही कुरालाई सिताराम दाईले अलिकता स्पेस बनाएर डेभलव गर्नु भो । इमोसनल भ्वाइस र शैलीको कारण हैट शब्द व्यापक नै भयो । मैले जीवनमा एउटै हैटले यसरी सफल बनाउला भन्ने सोचेकै थिइन । बुद्धि तामाङ भन्दा चिन्दैनन हैट भन्दा चिन्छन हैट शब्दसँग मेरो नाम जोडिन गयो । प्रत्यक्ष /अप्रत्यक्ष रुपमा बोलिन्थ्यो । हैट शब्द खुसी हुँदा पनि बोल्न मिल्ने । दुःखी हुँदा पनि हैट नराम्रो भएछ भनेर सहज रुपमा भन्न मिल्ने । कसैसँग विरोध गर्दा पनि हैट कसरी हुन्छ यो ? यसको कुनै नराम्रो सन्देश जादैन । यो शब्दले गलत अर्थ लाग्दैन । त्यही भएर सबैको मुखमा सजिलै झुण्डिएकोजस्तो लाग्छ । गाडीमा हैट भन्दा मलाई नै भनेकोजस्तो लाग्छ म सार्वजनिक यातायात चढ्छु । गाडीमा पनि हैट कहाँ हुन्छ यो भनेर मानिसहरुले भन्ने गर्छन । गाडीमा म माक्सवाद लेलिनवादको प्रयोग गर्छु । अर्थात चस्मा लगाउछु माक्स अनिवार्य रुपमा लगाउनु नै पर्छ । त्यही भएर चिन्दैनन । सिनेमाको पर्दामा ठूलो मोटोघाटो देखिन्छ । तर अहिले सामान्य देखिन्छ । अब यसको हाइट यति हो भन्ने धेरैले पत्ता लगाइसकेका छन् । पसाङगिएको अक्करेपनले हैट हिट भो हैट छोटो शब्द हो । छोटो कता–कता मात्र छुस्स छुस्स मात्र थियो । मेरी बास्सैमा आएपछि विकसित हुँदै आएको हो । यसरी भन्नु पर्छ उसरी भन्नु पर्छ भनेर प्लानिङको साथ आएको होइन । सजिलै हुन्छ । हैट कहाँ हुन्छ । पसाङगिएर हैट कसरी हुन्छ भन्छु । क्यारेक्टरमाा पसाङगिएको अक्करेपनको स्वादले क्यारेक्टर चाही हिट भएको हो । हैट भन्दा काम गर्नको लागि इनर्जी आउछ । इनर्जी नपुग्दा पनि हैट भनेर धेरथोर निकालिन्छ । जीवन हो उत्तरचढाब भई हाल्छ नि हो । आफैले आफैलाई हेर्दा खुसी र अनौठो लाग्छ विगतदेखि अहिलेसम्म आफैले आफैलाई हेर्दा साह्रै खुसी र अनौठो लागिरहेको छ । विगत मेरो भोगाई हो । जहाँबाट मैले धेरै कुरा सिक्ने अवसर पाए । त्यति बेलाको जीवन भोगाई र अहिलेको जीवन भोगाइमा फरक छ । फेरि साह्रै दुःख गरेर भन्ने पनि होइन । अहिले म खतरा नै भए भन्ने अवस्था पनि छैन् । फुरुङ हुने अवस्था छैन । जीवन हो उत्तरचढाव भइहाल्छ । विभिन्न पात्रको रुपमा अभिनय गर्दै छु । पात्र उही तर भूमिका फरक । कलाकार वर्तमानमा बाँच्ला भविष्यमा के होला ? अहिले त कलाकारिताबाटै जीवन चलाउन पुगेको छ । केही समय अगाडि गाह्रो थियो । एउटा कलाकार वर्तमानमा बाँच्ला तर भविष्यमा के होला निकै गाह्रो छ । मेरो हकमा मात्र होइन अधिकांश कलाकारको भोगाइ हो । सफल कलाकारले राम्रो सुधिवा पाउनु पर्छ । कलाकार बनिरहन्छु भन्न गाह्रो पनि छ । कलाकारको जिम्मा सरकारले लिए कति राम्रो हुन्थ्यो स्वार्थी रुपमा भन्दा राज्यले हेरिदिओस भन्ने लाग्छ । राज्यले नै जिम्मा लियो भने कलाकारले पूर्ण रुपमा देशको हित बाहेक केही पनि हेर्दैन । हाम्रो राष्ट्रको कला संस्कृति बचाउनु छ । यो पक्षमा सरकारले केही कदम चालिदियोस भन्ने छ । केही कुरा राम्रो छ । त्यसलाई अब कसरी संस्थागत गरेर अगाडि जाने भन्ने हो । यो व्यवस्थाले नयाँ कलाकारले पनि आशा गर्ने ठाउँ बनेको छ । जीवनभर कलाकारितामा समय खर्च गर्ने अन्तिम अवस्थामा छटपटाएर सडकमा सुत्न पर्दा चाही गाह्रो भएको छ ।