हरेक काममा सफलता प्राप्त गर्नको लागि मन बचन र कर्मको खाँचो पर्छ । उद्देश्य प्राप्त गर्नको लागि प्रतिबद्धता अनिवार्य शर्त हो । ‘मैले दुई बर्ष अघि राहदानी विभागको जिम्मेवारी सम्हाल्दा जे प्रतिबद्धता गरेको थिए प्राप्त गरेरै छोडे’, राहदानी विभागका महानिर्देशकको समेत जिम्मेवारी सम्हाल्दै नेपालका लागि बेल्जिमका राजदुत भएका लोकबहादुर थापा राहदानी विभागको अस्तव्यस्त हटाएर प्रविधियुक्त प्रणालीले पासपोर्ट वितरणको काम गरेको बताउछन । महिनौ कुर्नुपर्ने घन्टौ लाइनमा बस्नु पर्ने, सोसर्फार्स लगाउनु पर्ने, बिचौलीयाको चलखेल पूर्ण रुपमा हटाउन सकेकोप्रति थापा निकै खुसी छन् । सेवाग्राहीहरुले सहज रुपमा सेवा पाउनु नै आफ्नो सफलता भएको बुझाई थापाको छ । महानिर्देशक भएर दुई बर्षको अवधिमा अस्तव्यस्त राहदानी विभागलाई निकै व्यवस्थित बनाउन सफल हुनुको साथै एकै दिनमा समेत पोसपोर्ट प्राप्त गर्न सकिने व्यवस्था गरेका बेल्जिमका लागि नेपाली राजदुत थापासँग नेपाली हेडलाइन्सले गरेको कुराकानीः– lok-bahadur-thapa-2 लोकबहादुर थापा बेल्जिमका लागि नेपाली राजदुत यी हुन दुई बर्षमा गरेका काम दुई बर्षको बीचमा हामीले साना ठूला धेरै सुधार गरेका छौं । प्रक्रियामा सुधार गरेका छौ । कार्यशैलीमा सुधार गरेका छौ । सेवाग्राहीलाई अधिकतम सुविधा दिएका छौं । विभाग प्रतिबद्ध भएर लागेको छ । हामीले दुई सिफ्टमा सेवा पहिलो पटक सुरु गरेका हौ । अरु सरकारी कार्यालयले सुरु त गरे तर निरन्तरता दिन सकेनन । अन्य सरकारी कार्यालय सुरु हुनु भन्दा एक घण्टा अघि अर्थात बिहान नौ बजेबाट बेलुका पाँच बजेसम्म हामीले सेवाग्राहीलाई सेवा दिने प्रणालीको विकास गर्यौ । सात हजारसम्म राहदानी छाप्यौं हामीले आवश्यकता पहिल्याउदै प्रविधिको प्रयोगलाई बढी जोड दियौ । पहिला चार हजार मात्र छाप्न सक्ने क्षमता थियो । विभागले आवश्यकता अनुसार दैनिक सात हजारसम्म पनि राहदानी छाप्ने काम गर्यो । सेवाग्राहीहरुले समयमा नै सूचना नपाउदा पनि विभागमा बढी भिडभाड हुने गरेको थियो । हामीले समस्या बुझेर त्यसलाई व्यवस्थित गर्नको लागि इमेल, फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको व्यापक रुपमा प्रयोग गरेर समयमा नै सेवाग्राहीलाई सूचना पुर्यायौं । हामीले सेवाग्राहीको सहजताको लागि नेपाल पासपोर्ट भनेर वेबसाइट नै बनायौ । नेपाल पासपोर्टको फेसबुक पेज बनाएका छौ । जसमा सेवाग्राहीले आफ्नो समस्या वा गुनासो राख्ने र हामीले समयमा नै जवाफ दिएर समाधानको उपायको खोजी गर्न सफल भएका छौ । सरकारी कार्यालयमा फेसबुक किन प्रयोग नगर्ने ? विभागमा आउने कयौ समस्या हामीले फेसबुकबाट नै समाधान गरेका छौ । समयमा सही सूचना दिंदा सेवाग्राहीले अनावश्यक झन्झट र दुःख खेप्नु परेको छैन् । सरकारी कार्यालयमा फेसबुक प्रयोग गर्न हुँदैन भन्ने मान्यता छ । यसको प्रयोग किन नगर्ने ? दुरुपयोग गर्ने दृष्टिकोणबाट होइन सदुपयोग गर्ने दृष्टिकोणबाट प्रयोग गरौ न । विभागले सेवाग्राहीहरुको सहजताको लागि इलेक्ट्रोनिक डिसप्लेहरु राख्ने काम गर्यौ । एसमएसस प्रणालीको प्रयोगले सात दिनको सेवा ग्यारेन्टी गर्न सक्यौ । एक दिनमा पोसपोर्ट दिन सफल भयौ सात दिनको सेवालाई ग्यारेन्टी गर्दै गत कार्तिकमा ७ दिनबाट ५ दिनमा झार्न सफल भयौं । अनवरत रुपमा काम गर्दै गयौ । गत असार २१ गतेबाट एकै दिनमा पोसपोर्ट प्राप्त गर्ने व्यवस्था गर्न सफल भयौ । यसमा मलाई र विभागको सिंगो कर्मचारीलाइ गर्व छ । कुनै कारणवश यअरपोर्टबाट फर्किएर आएर पनि दुई घण्टामा पुन पोसपोर्ट लिएर जान सक्ने व्यवस्था हामीले गरेका छौ । यो सबैको लागि खुसीको कुरा हो । घन्टौ लाइने बस्ने झन्झट हटेको छ । अहिले विभागमा सिस्टमले काम हुन्छ । भनसुन सोर्सफोर्स विचौलीयाको अन्त्य भएको छ । सेवाग्राहीले खोजेको पनि यही हो । धनी गरिबलाई विभेद गरेका छैन राहदानी विभागले धनी र गरिबलाई कुनै विभेद गरेको छैन् । सरकारले तोकेको नियम अनुसार नै काम गरेका छौ । सेवाग्राहीहरुलाई बाँध्यकारी बनाएका छैनौ । सेवाग्राहीलाई छनोट गर्ने अधिकार दिएका छौ । एकै दिनमा चार हजार सेवाग्राहीलाई सेवा दिन सम्भव छैन् । छनोट गर्ने अधिकार सेवाग्राहीलाई दिनुपर्छ । छोटो समयमा नै हामीले सुविधा दिन सफल भएका छौं । एक दिनको सेवा सबै भन्दा बढी गरिबहरुले नै लिएका छन् । सेवाग्राहीहरु खुसी छन् । हाल दैनिक एक सय जना भन्दा बढीले यो सुविधा प्रयोग गरिरहेका छन् । जिल्लामा पनि सहज पासपोर्ट पुर्याउनु पर्छ जिल्लाबाट आवेदन दिने सेवाग्राहीको पासपोर्ट विभागले सहज रुपमा पठाउदै आएको छ । केही प्राविधिक कुराहरुलाई मिलाउन सकेको अवस्थामा सहज ढंगले सेवा पुर्याउन सक्छौ । जिल्लाले आवश्यक बजेट छुटाउनु पर्छ । यसो भयो भने सातदेखि दस दिनको बीचमा सुविधा पुर्याउन सक्छौ । प्रत्येक जिल्लाले दस–दस दिनमा पासपोर्ट बनाउने सेवाग्राहीहरुको फारम लिएर आउने गरेका छन् । विभागमा छपाइमा समस्या छैन । समयमा उपलब्ध गराउने गरेका छौं । आउनेजाने केही समस्या छन् । जिल्ला प्रशासन कार्यालयहरुले समन्वय गरेर मिलाउन सक्दा यो पनि ठूलो समस्याको विषय होइन । अबको दुई बर्षमा ई–पासपोर्ट अबको दुई बर्षमा ई–पासपोर्ट लागू गर्छौ । यसको लागि विभागले अध्ययन गरेर प्रतिवेदन पनि बुझाइसकेको छ । ई–पासपोर्ट छिटै लागू हुन्छ । अब कम्प्युटर प्रणालीबाट फारम भरेर आउने व्यवस्था हुन्छ । जिल्लाबाट फर्म भरेर आउने र फोटो खिच्ने वित्तिकै पासपोर्ट पाँच/दस मिनेटमा प्रिन्ट हुन्छ । यो प्रविधिलाई सबै जिल्लाहरु पुर्याउन आवश्यक छ । जिल्लामा मात्र होइन गाविसमा पनि यो सेवा पुर्याउनु पर्छ । यो सुविधा दिन हामी सक्षम छौं । जिल्लासम्म पुर्याउनको लागि हुलाक प्रणालीलाई व्यवस्थित गर्नुपर्ने खाँचो छ । अब जिल्ला जिल्लाबाट फारम बोकेर ल्याउनु पर्ने झन्झट हटछ । पासपोर्ट प्रिन्ट गर्ने मेसिन जिल्ला जिल्लामा लैजान सकिदैन । किनकी प्रिन्ट सुरक्षासँग जोडिएको विषय हो । राहदानी विभागबाट नै सहज रुपमा देशका सबै स्थानमा पुर्याउन सकिन्छ । सातदेखि दस दिन भनेको असाध्यै प्रभावकारी हो । पासपोर्टको प्रिन्ट राहदानी विभाग एक ठाउँबाट मात्र हुन्छ । नेपाल र नेपालीको हितमा प्रतिबद्ध भएर काम गर्छु राहदानी विभागको महानिर्देशकबाट राजदूतको भूमिकामा बेल्जिम जाँदैछु । त्यहाँ रहेका समस्याको सुधार गर्नको लागि पहिला त अध्ययन गर्नुपर्छ । प्रतिबद्ध भएर काम गर्यो भने जुनसुकै तहमा बसेर पनि सुधार गर्न सकिन्छ । जिम्मेवारीपूर्वक नतिजा ल्याउनको लागि प्रतिबद्धता नै ठूलो कुरा हो । सुक्ष्म ढंगले समस्यालाई केलाउने र सरोकारवाला निकायले दिएको सुझाव ग्रहण गरेर अगाडि बढ्छु । विदेशमा बस्ने नेपालीहरुको समस्या गम्भीरतापूर्व लिन्छु । नेपालमा गाविस, जिल्ला र विभिन्न मन्त्रालयले गर्ने काम दुतावासबाट मात्र गर्नुपर्ने हुन्छ । आफूले गर्नुपर्ने काममा कुनै कमी हुन दिने छैन् । समस्या केलाउछु । आफ्नो दायित्व र जिम्मवारी पूरा गर्न प्रतिबद्ध छु । नेपालीहरुको सहयोग पाउने आशा गरेको छु । दुई देशको सम्बन्धलाई झन बलियो र सुमधुर बनाउन पनि भूमिका खेल्छु । नेपालमा लगानी बढाउन सक्दो भूमिका निर्वाह गर्नेछु । नेपालमा आउने लगानीलाई बृद्धि गर्नको लागि कुटनीतिक रुपमा पनि भुमिका खेल्छु । राजदूतको भुमिका कहाँ कहाँ हुन्छ नेपाल र नेपालीको पक्षमा प्रतिबद्ध भएर काम गर्छु । राज्यले दिएको भूमिका इमान्दारीताको साथ पूरा गर्छु । ४६ लाख साधारण पासपोर्ट वितरण राहदानी विभागले ६ बर्षको अवधिमा ४६ लाख साधारण पासपोट वितरण गरेको छ । ३२ सय कुटनीतिक पासपोर्ट वितरण गरेको छ ।