हामी भएको कुरा बिर्सन्छौ । नभएको कुरा बढी खोज्छौ । हाम्रो समाजमा पनि अस्वस्थ्य प्रतिस्पर्धा छ । हाम्रो चाडपर्वको आफ्नै सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व छ । आफूसँग जे छ त्यसैमा खुसी हुनुपर्छ । पल्लाघरको लाहुरेले ठूलो खसी काट्यो भने मैले पनि त्यो भन्दा ठूलो खसी काटनु पर्छ भन्ने मान्यता र संस्कार हटाउनु पर्छ । यस्ता मानसिकता हटाउनु पर्छ । हामी महत्वकांक्षी छौं । दशै तिहार लगायत सबै चाडपर्वको आफ्नो मुल्य र मान्यता रहदै आएको छ । पल्लो गाउँको जेठो कोरिया गयो भने हामी हाम्रा छोराछोरीलाई पनि कोरियाको भाषा पढ भन्छौ । यो संस्कारले कहाँ पुर्याउला ? कलाकारको कार्यक्रम बाहेक केही उपाय छैन समय र परिस्थिति फेरियो । अहिले एल्बम र सिडीको जमाना गयो । गीत गायो खायो । गीत बनायो । युटुबमा हाल्यो । कलाकारको अर्को उपाय छैन । कार्यक्रम नै हो । दर्शक र स्रोताले माग गर्नुभएको छ । अहिले कलाकारको सम्पत्ती भनेकै यही हो । मलाई चाही अहिलेसम्म ग्रहले साथ दिइरहेको छ । समय र परिस्थिति अनुसार गीत बनाएर समाजमा रहेका विकृति र विसंगीतको विरुद्ध लोकगीत मार्फत घच्घच्याउने काम गरेको छु । pashupati sharma नयाँ पुस्तालाई प्रोत्साहन पुगेन हामीले नयाँ पुस्तालाई लोक गीत संगितमा आकर्षित गर्नुपर्छ । लोकगीत संगीतको संरक्षण गर्न र भावी पुस्तालाई पनि यस क्षेत्रमा ल्याउनको लागि हामीले पनि भूमिका खेल्नु पर्छ । म राष्ट्रिय लोकदोहारी प्रतिष्ठानको छैठौं महाधिवेशनबाट प्रथम उपाध्यक्ष भएको छु । अब नयाँ पुस्तालाई आकर्षित गर्नुपर्छ । म भन्दा धेरै राम्रो गाउने भाई बहिनीहरु हुनुहुन्छ । अझै धेरै प्रतिभा गाउँगाउँमा छन । उहाँहरुलाई पनि प्रोत्साहन गर्नुपर्छ । गीत बनाउदा बुबा आमा श्रीमती छोरीलाई सम्झन्छु अहिले लोकगीतको नाममा जे बनाउँदा पनि हुन्छ । जे गाउँदा पनि हुन्छ भन्ने परम्परा विकसित हुँदै गएको छ । यस बारेमा पहिला त सबै कलाकारहरुले आत्मसमिक्षा गर्न जरुरी छ । म कसरी चल्ने ? समाजलाई के सन्देश दिने ? म कहाँ पुग्ने ? भोलीको पुस्ताले मलाई के भनेर सम्झिने ? सधैभरी २८ बर्षको हुन्न । भोली ६० बर्ष पनि हुन्छु भन्ने हेक्का राख्नु पर्छ । मैले आफ्नो काम र कर्मले अगाडि बढ्ने हो भन्ने बुझ्नु पर्छ । मेरो छोराछोरीले हेरिरहेका हुन्छन । सबै बसेर एकै पटक गीत सुन्न र हेर्न मिल्छ कि मिल्दैन ? यो अनुसारको गीत सृजना गर्नुपर्छ । मलाई पनि गाली गर्लान । मेरो मनले गलत गलत भन्यो भने त्यो गीत रेकर्ड गर्दिन । मैले गीत बनाउदा मेरो बुबा आमा श्रीमती छोरीलाई सम्झन्छु । सबै इष्टमित्रलाई सम्झन्छु । अरु कसरी आउनु भएको छ मैले धेरै भन्नु छैन । के आलोचना गरौ । सस्तो लोकप्रियताको लागि आउने कलाकारहरु धेरै दिन टिक्न सक्दैनन । संगीत सेन्सर बोर्ड चाहिन्छ मैले त विगत धेरै बर्षदेखि चलचित्र विकास बार्डजस्तै लोकसंगीतमा पनि छ्यासछ्यासी देखिएका गलत प्रवृत्ति हटाउन संगीत सेन्सर बोर्ड चाहियो भन्दै आएको छु । अब बाटोमा जाम गरेर ढुङ्गामुढा हानेर मात्र समस्याको समाधान हुने कुरा होइन । बद्री पंगेनी अध्यक्ष भएपछि बसेको पहिलो कार्यसमितिको बैठकले लोकसंगितलाई राम्रो बनाउन अहिले देखिएको विकृति विसंगती हटाउने विशेष पहल गर्ने निर्णय गरेको छ । अब केही हुन्छ भन्ने विश्वास बढेको छ । हामी कलाकारहरु सबै सभ्य र अनुशासित बन्नु पर्छ । कुन स्थानमा राखिएको छ म अलमलमा छु कलाकारिताको अभिन्न पाटो लोकसंगीत हो । राष्ट्रले कसरी हेरिरहेको छ ? कलाकारले कसरी लिएका छन् । चलचित्र, सुगम संगीत, हास्य व्यङग्यलाई कुन स्थानमा राखिएको छ ? लोकगीत संगीतलाई कुन स्थानमा राखिएको छ भन्नेमा म अलमलमा छु । नीति निर्माण गर्ने तहमा बस्नेले कसरी लिएका छन ? लोक संगीतका अग्रजलाई चिन्नु भएको छ कि छैन ? बिमाकुमारी दुरा चिनेका छन कि छैनन ? माथिल्लो ठाउँमा बस्नेले बुझेका छैनन् । कलाकार भनेपछि राजेश हमाल, करिस्मा मानन्धर, रेखा थापा मात्र कलाकार भन्ने बुझ्नु भएको छ । त्यसले गर्दा पनि विकृति आयो । कटटु लगाएर नाच्नेको मात्र चर्चा किन ? चलचित्रमा एउटा नायिका कट्टु लगाएर उफ्रिदा चर्चा हुने । सभ्यता र संस्कृतिको गर्जेना गर्ने लोकगीत गाउने कलाकार चाँही गुमनाम हुनु पर्ने ? मानविय तनाबको कारण पनि विकृति भित्रिएको छ । राम्रो काम गर्दा चर्चा नभएपछि केही हर्कत गरेर भएपनि चर्चामा आउने गलत संस्कार पनि देखिएको छ । हरेक संगीतको आधार लोक गीत हो । सबैले वास्तविक लोकगीतका सर्जकको खोजी र सम्मान गर्नुपर्छ । सावित्री साह, सर्मिला गुरुङ कहाँ छन खोजौ न ? लक्ष्मी न्यौपाने कहाँ छिन ? छोटा लुगा लगाउनेहरु मिडियामा छाएकाछायै छन् । यो के हो मिडियाले पनि सोच्नु पर्छ । वास्तविक गायक गायिकालाई पनि प्रोत्साहन गर्नुपर्छ । लोक संगीतमा विकृति विसंगतिको भाइरस छिडेको छ । अब सफा गर्नतिर सबै लाग्नु पर्छ । लोक गीतमा पनि अनेक हर्कत अहिले नयाँ कार्य समिति बनेको छ । बलियो बनेको छ । संस्थागत रुपमा नै निर्णय होला । हाम्रो पनि कमजोरी छन । सबैले लोकसंगीत सुन्छन भन्ने छैन । चलचित्रका नायक नायिकाहरु लोकगीत सुनिदैन भन्नुहुन्छ । फिल्म खेल्ने कलाकारले लोक गीत सुन्दैन भन्ने सुहाउने कुरा होइन । जसले नेपाली लोकसंगीत सुन्दैन उसले नेपाली फिल्म पनि हेर्दैन । चलचित्रमा काम गर्ने तर लोकगीत संगीत सुन्दिन भन्ने अनेक हर्कत देख्दा रिस उठ्छ । लोक संगीतले नेपाली माटो नेपाली पन बोल्नु पर्ने हुन्छ । अहिले बजारमा आएको गीत सुनिसाध्यै पनि छैन । हेरिसाध्यै पनि छैन् । मेरो छोरीले मलाई सोध्छिन–बाबा यो के गीत बनाएको यो अकंलले के गरेको ? हर्कत देख्दा अचम्म लाग्छ । बालमस्तिकमा समेत यस्तो छ भने हामी कति विग्रिएछौ धेरै भन्नु पर्ने छैन । अब टुलुटुलु हेरे बस्ने बेला छैन । नीति नियम बनाउनु पर्छ । नराम्रोलाई हटाउने राम्रोलाई प्रोत्साहन गर्नुपर्छ । लोकगीतमा जग्गा व्यापारी र ठेकदार भित्रिएपछि…. कतिले गीत बनाई दिनु पर्यो भन्छन । कतिले म मोडल खेल्नु पर्यो भन्छन । मैले तपाई के काम गर्नुहुन्छ भनेर सोध्दा उनीहरु भन्छन–‘जग्गा व्यापारको काम गर्छु व्यापार गर्छु ।’ कलाकारको बारेमा सोध्दा केही थाहा छैन भन्ने जवाफ दिन्छन । मलाई आग्रह गर्नेलाई मैले ठाडै अस्वीकार गर्दै आएको छु । तर वास्तविक कलाकारलाई भने गीत बनाएर दिने गरेको छु । यस्तो रहरले मात्र धेरै दिन टिक्दैन । पैसाको पछाडि लाग्यो भने सर्जक पनि सही ठाउँमा पुग्दैन । राम्रोलाई राम्रो भन्न सक्नु पर्छ मिडियाले पनि वास्तविक कलाकारलाई प्रोत्साहन गर्नुपर्छ । कलाकारहरुले पनि अनुशासित मर्यादित भएर लोक संगीतलाई व्यवस्थिति बनाउन ध्यान दिनुपर्छ । सललल… बहने पानी झै गीत संगीत नै राम्रो हुन्छ । खहरेजस्तो होइन । हामी कलाकारहरुमा पनि आत्मियता छैन । एकले अर्कोको खुट्टा तान्ने प्रवृत्ति छ । मलाई अमेरिका यही, ढाड दुखेर मार्यो भन्ने गीतको भाव छ । हरेक लोक गीतको भाव हुनुपर्छ । कलाकारभित्र पनि राम्रोलाई राम्रो नराम्रोलाई भन्न सक्नु पर्छ । पाँच बर्षपछि नेपालमै दशै पाँच बर्षपछि यस पटक नेपालमा घरपरिवासँग दशै मनाउने संयोग जुरेको छ । कार्यक्रम मारामार छ । लगातार कार्यक्रम छ । यस पटक बुबा आमाले छोरा बाहिर नजान भनेर आग्रह गरेपछि दशै घरमा नै परिवारसँग मनाइने भएको छ । तर यस पटक ठूली हजुरआमा वितेको कारण टिका लगाउन भने हुँदैन । तर पनि साथीभाई, गाउँका इष्टमित्रसँग भेटघाट रमाइलो गर्ने योजना बनाएको छु । म भाग्यमानी कलाकार हुँ मेरो ग्रहले साथ दिदै आएको छ । सबैले माया गरिदिनुभएको छ । म भाग्यमानी कलाकार हुँ । सबैले बोलाउनुहुन्छ । कार्यक्रममा भ्याइनभ्याई छ । चाडपर्वमा झन कलाकारको माग हुने गरेको छ । दशैमा झन हुने भयो । बाबियो काटेर… दशै तिहारलाई लक्षित गरेर बाबिया काटेर भन्ने एल्बम निकालेको छु । एक हप्तामा नै पाँच लाख मानिसहरुले हेरिसकेका छन् । जहिले म परेदशमा छु । यो पटकको दशै यस्तै हो भन्ने विरहको गीत भन्दा आत्मवल बढ्ने, दशैको बेला रमाइलो गर्नुपर्छ भनेर उत्साह भरेर गीत निकालेको हुँ । जे छ त्यसैमा खुसी छु भन्नु पर्छ ।