अत्याधिकरुपमा ट्राफिक जरिवाना वृद्धी गरिएको भन्दै विभिन्न यातायात व्यवसायी र मजदुर संगठनले बुधबार उपत्यकामा सवारी साधन ठप्प पारेका छन् । ट्राफिक जरिवाना फिर्ता हुनु पर्ने माग राखेर उपत्यकामा सवारी साधन ठप्प पारेपछि हजारौं यात्रुले कष्ट भोग्नु परेको छ । ब्यवसायीको आन्दोलनका कारणसार्वजनिक यातायतका साधन संचालन भएका छैनन् । यद्यपी मोटरसाइकल र कार नीजि सवार साधन सडकमा छन् । आन्दोलन हुन नदिने बताएपनि ब्यवसायीका अगाडी सरकार निरिह देखिएको छ । यसै सन्दर्भमा नेपाली हेडलाइन्सका प्रयास पराजुलीले नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका महासचिव सरोज सिटौलासँग गरेको कुराकानीः saroj sitaula yatayat byabasai सरोज सिटौला नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघ लाखौ जनतालाई दुःख दिने गरी किन चक्काजाम गरेको ? हो जनताले दुःख पाएका छन् । यो हाम्रो रहर होइन बाध्यता हो । सरकारलाई पटक पटक आग्रह गर्दा पनि हाम्रो माग सुनुवाई नभएपछि चक्का जाम गरेका हौं । माग पूरा नभएपछि वन्द गराउनुको अन्तिम विकल्प रोजेका हौं । विमल घर्ती बेल्जियम भएको बेला उनको घरमा के के भयोः गाउँलेको बयान बन्द गर्नु समस्याको समाधान हो ? लोकतन्त्रमा जाजय माग सुनुवाई नभएपछि वन्द हडताल मार्फत नै माग पूरा हुँदै आएका छन् । सरकार गम्भीर नहुँदा बन्द गराउनु पर्ने अवस्थाको सृजना भयो । हामी आम नागरिकलाई गलत कदमको विरुद्ध समर्थन गर्न आग्रह गछौं । सरकारले त जाजय माग पूरा गर्न तयार छु भनेको छ नि ? एक महिना अघि हामीले प्रधानमन्त्रीदेखि यातायात मन्त्री समेतलाई भेटेर मागको बारेमा जानकारी गराएका थियौं । तर सुनुवाई नभएपछि सडकमा आउनु परेको हो । तपाईहरुको मुख्य असहमति चाँही के हो ? –अहिलेको आन्दोलन ट्राफिकले १५ प्रतिशत कमिसन पाउने भनी गरेको निर्णयको विरुद्ध हो । अहिले ट्राफिक प्रहरीले सडको सवारी साधन व्यवस्थापन गर्नेतिर भन्दा पनि अनावश्यक रुपमा सवारी साधनलाई गौडागौडामा बसेर दुःख दिइरहेका छन् । यो निर्णय कुनै पनि हालतमा फिर्ता नगरी आन्दोलन स्थगित हुँदैन । सरकारले जारी गरेको नियम पनि नमान्ने भन्ने हुन्छ भन्या ? –हामी नियम कानुन मान्छौ । सरकारले ट्राफिक प्रहरीलाई तलब दिएको छ । १५ प्रतिशत कमिसन किन दिनु पर्यो ? सडकको पूर्वाधार छैन । बस रोक्ने ठाउँ छैन । यस्तो गन्जागोलमा यातायात व्यवसायीले दिनहुँ जरिवाना तिर्ने कि गाडी चलाउने ? आफ्नो माग पूरा जनतालाई नै दुःख किन ? हाम्रो माग पूरा गर्न सरकार तयार भए हामी जनतालाई दुःख पक्षमा छैनौं । आज देशभरका जनताले दुःख पाएकोप्रति हामी गम्भीर छौं । सरकारले तपाईहरुको रुट परमिट खारेज गरिदियो भने के गर्नुहुन्छ ? पहिला खारेज मात्र गरोस न त्यसपछि के गर्नुपर्छ जानेका छौं । अब कति दिन बन्द गर्ने ? शान्तिपूर्ण रुपमा यातायात बन्द गराउदा पाँच सय भन्दा बढी यातायात व्यवसायी पक्राउ परेका छन् । अझै पनि सरकार गम्भीर भएन भने भोलीबाट अनिश्चितकालिन रुपमा आन्दोलनको घोषणा गछौं ।