पार्टीमा निर्णय हुने लागू नहुने रोग पार्टीको बैठकमा सर्वसम्मत निर्णय हुने तर लागू नहुने प्रवृत्ति देखियो । पार्टीलाई संस्थागत रुपमा चलाउन आवश्यक छ । संविधान कार्यान्वयन स्वाधिनता र सार्वभौमिताको आगाडि देखिएको चुनौतीलाई सामना गर्न एकताबद्ध एमालेको खाँचो छ । नीतिको आधारमा एमालेभित्र कुनै विवाद छैन । महाधिवेशनबाट पारित भएको नीतिलाई सबैले आत्मसाथ गरेर अगाडि बढेका छन् । राष्ट्रिय पुँजीको विकास गरेर मात्र समाजवादमा पुग्न सकिन्छ । राष्ट्रिय पुँजीको विकास गर्नको लागि काम गर्नुपर्ने छ । हो पार्टीभित्र प्रतिस्पर्धा छ । घोषित नीतिलाई दायाँबायाँ गर्न खोज्दा समस्या देखा पर्ने गरेको छ । एउटा पदमा पुग्ने धेरै छन् । लोकतान्त्रिक संगठन सञ्चालन सामुहिक नेतृत्व प्रणालीलाई अगाडि बढाएका छौं । यो लक्ष्मण रेखाभित्र बसेर काम गर्दा सबैलाई स्वीकार गर्न बाँध्य हुने परिस्थिति बन्छ । ट्रयाक भन्दा बाहिर रहेर काम गर्दा विवाद जन्मिन्छ ।Thakur Ghaire UML (1) भारतले हस्तक्षप गर्नुपर्ने के कारण छ ? नेपालको राष्ट्रिय स्वाधिनतामाथि प्रश्न र हस्तक्षप छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेका छन् । ब्रिटिसहरुलाई लखेटेर स्वतन्त्र राष्ट्र निर्माणमा योगदान गर्ने पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी हुन् । हाम्रा पूर्खाले नेपालको स्वतन्त्रताको लागि मात्र लडेनन् भारतको स्वतन्त्रताको लागि पनि लडे । त्यो लडाइँको प्रतिफल भारतलले प्राप्त गरेको छ । मोदी सरकार नेपालप्रति अनुदार देखिएको छ । हामीले बनाएको संविधान अस्वीकार गरिरहेको छ । हामीले लडेर ल्याएको गणतन्त्र र हामीले जारी गरेको संविधानप्रति भारतले आपत्ति जनाउनु पर्ने के कारण छ ? अहिले देखिएको चुनौती सामना गरेर अगाडि बढ्नको लागि सबै राजनीतिक दलहरु बलियो र एकताबद्ध हुनुपर्ने आवश्यकता छ । ओली विदेशीसँग लडन सक्ने जबरजस्त नेता चीनसँग पारवहन सम्झौता भएपछि भारतको मात्र भर पर्नुपर्ने बाध्यता हटेको छ । प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको क्रममा नाकाबन्दी नहटी जादिन भन्ने अडान लिनु भो । स्वाधिनता र सार्वभौमसत्ताको लागि अडिक हुनुभयो । नाकाबन्दी हटेपछि पेट्रोल र डिजेल ग्यास आएपनि समस्या अझै पनि हट्न सकेको छैन । देशभित्र बजारमा मुठ्ठीभर व्यसायीहले नियन्त्रणमा लिने काम गरेका छन् । अहिले कालोबजारी नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको छ । ओली नेपालको जबरजस्त नेता हुन् । विदेशीसँग लडन् सक्ने ओली नेपालको मुठ्ठीभर कालोबजारी नियन्त्रण गर्न सकिरहेका छैनन् । पुननिर्माणको काम अगाडि बढ्न सकेको छैन् । सरकारले गम्भीरतापूर्वक काम गर्ने बेला आएको छ । यो तालले प्रधामन्त्रीको सपना कसरी पूरा हुन्छ ? सरकार त छ तर स्थानीय निकाय १८ बर्षदेखि जनप्रतिनिधि विहीन छ । एउटा सिडियोले विद्यालयको बार्षिकोत्सवको उद्घाटन गरोस कि ? नागरिकता र पासपोर्टमा हस्ताक्षर गरोस कि ? दलहरुको माग सुनोस कि ? सार्वजनिक मुद्दा फैसला गरोस कि ? कति मात्र भ्याओस् ? एउटा एलडियोले कति मात्र काम गरोस् ? मन्त्रालयमा एउटा सचिवले कति मात्र काम गरोस् ? सिंगो मन्त्रालय एउटा सचिवको भरमा चल्नु पर्ने अवस्था छ । हामीले भनेका छौ, आगामी कार्तिकभित्रमा जसरी पनि स्थानीय निकायको निर्वाचन गर्नु पर्यो । विकासको लागि एक करोड रुपैयाँ गयो भने वीस प्रतिशत मात्र फर्स्यौट हु्नछ । असी प्रतिशत फर्स्यौट हुँदैन यो तालले प्रधानमन्त्रीले देखेको सपना कसरी पूरा हुन्छ ?Thakur Ghaire UML (3) भारतको नाकाबन्दीको मानसिकता कायमै भारतले अहिले नाकाबन्दी खोलेको छ । बजार आवतजावत सहज भएको छ । भारतीय शासक वर्गको दिमागमा नेपालप्रति हर्ने दिमाग खुलेको छैन् । आज पनि नाकाबन्दीको मनोविज्ञान भारतीय शासक वर्गमा कायमै छ । आज गाडीको टायर खुलेको छ । उसको नीति भावना र छिमेकीकोे हृदय आज पनि कालो नै छ । कुनै पनि बेला दोहोरिन सक्छ । भारतसँग सम्बन्ध राम्रो राख्ने हो । उसले कालो मन राखेको छ भन्दैमा हामीले पनि कालो मन राख्ने होइन । भारतको सत्तरी प्रतिशत व्यापारको परनिर्भरतालाई घटाउदै लैजानु पर्छ । भारतले नेपालमाथि अन्तर्राष्ट्रिय शक्तिलाई ध्रुवीकरण गर्न खोज्दै छ । नेपालको संविधानको मान्यताप्रति विश्व समुदायलाई जानकारी गराउनु पर्नेमा हाम्रो पर्याप्त ध्यान जान सकेको छैन् । हाम्रो संविधान ठिक छ भनेर बुझाउनु पर्छ । नेपालको कुटनीति शुन्य, कसले सुन्ने हाम्रो देश कुटनीतिक क्षमतामा शुन्यकै अवस्थामा छ । कुटनीतिमा बामे सरेको मात्र हुन्थ्यौ भने भारतले नाकाबन्दी नै गर्ने थिएन । भारतले इयुसँग मिलेर वक्तव्य जारी गर्ने हिम्मत गर्ने थिएन । भारतले नेपालमाथि नाकाबन्दी हुँदा भारतका लागि नेपाली राजदुत नेपाल आएर बसे । भारतको सहसचिव नेपाल आउदा पूर्व प्रधानमन्त्रीहरु लाइन बसेर भेटन जान्छन् । तराई मधेसको लागि आन्दोलन गरेको दावी गर्ने मधेसी मोर्चाका नेताहरु बिहारमा पुगेर लालु यादवको अगाडि लम्पसार पर्छन । परराष्ट्र मन्त्रालय मार्फत हुने काम राजनीतिक नेताको रुपमा हुन्छ । परराष्ट्र मन्त्रालयले जति काम गर्न सक्नु पर्दथ्यो त्यो गर्न सकेको छैन् । समयमा नै नेपालको संविधान बुझाउन सकेनौं । यसको फाइदा उठाउदै भारत लगायतका विभिन्न देशहरुले नेपालको स्वाधिनतालाई कमजोर पार्ने र नेपालमा जातिय युद्ध गराउने कतिपय उदेश्य देखिन्छ । विश्वविद्यालयका टर्परहरुलाई सरकारले विज्ञको रुपमा विभिन्न देशमा खटाएर संविधानको बारेमा बुझाउन ढिला गर्नु हुँदैन । अन्तर्राष्ट्रिय जगतमा नेपालको कुरा बुझाउन सक्नुपर्छ । एमाले नै मधेसी र जनजातिको भरोसा एमालेप्रति जनजाति र मधेसी विरोधी भनेर पनि आरोप लाग्दै आएको छ । तर एमाले नै मधेसी र जनजातिको आशा गर्ने पार्टी हो । आगामी दिनमा यस कुरा प्रमाणित हुनेछ । एमालेकै नेतृत्वमा यो देश यहाँ आइपुगेको छ । एमाले मधेसी र जनजाति विरोधी हुनुपर्ने के कारण छ र ? एउटा कारणले एमालेलाई अनुदार भन्न सकिन्छ । जति आरोप र नारा लगाए पनि वेखुसी हुँदैन । एमाले एक मधेस एक प्रदेश मान्न, स्वीकार गर्न सक्दैन । कांग्रेस एमाओवादीबाट सम्भव छैन । राष्ट्रियताको मान्यता नपाएको मधेसवादी दलहरुले कसरी गर्न सक्छन ? जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समानुपातिक समावेशीको मुद्दा संविधान संशोधन मार्फत पूरा भइसक्यो । मधेसी मोर्चाले भन्नु पर्यो–गणतन्त्रको ठाउँमा कुन तन्त्र ल्याउन खोजेको हो ? मधेस आन्दोलनको क्रममा देखिएको अतिवाद हानिकारक छ । कर्मचारीमा अख्तियारको भुत अहिलेको मुख्य काम भनेको देशलाई आर्थिक समृद्धिको गतिमा अगाडि बढाउनु हो । जुन नेतृत्वले राजनीतिक क्रान्ति सम्पन्न गरेको छ । त्यहीँ नेतृत्वले आर्थिक क्रान्ति सम्पन्न गर्ने गरेका घटना थोरै छन् । आर्थिक क्रान्तिलाई अगाडि बढाउन कर्मचारीतन्त्रमा देखिएको समस्यालाई तोडनु पर्ने आवश्यकता छ । यथास्थितिलाई तोडनु पर्ने छ । कानुनी जटिललाई हल गर्नुपर्ने छ । समयमा ध्यान पुर्याउन सके ऐन कानुनले पनि बाटो खोल्ला । असल मनसायले काम गर्नको लागि पनि ऐन कानुन बाधक हुँदै आएका छन् । अर्कातिर अहिले काम गर्ने कर्मचारीलाई अख्तियारको भुतले सताउने गरेको छ । काम गर्न मन लागेन भने कर्मचारीले अख्तियारको बहानाबाजी गर्ने गरेका छन् । राज्य कानुनसम्वत ढंगले चल्नु पर्छ । लोकमान सिंहको पक्षमा थियो कि थिएन भनेर कुनै व्यक्तिमाथि बदनियतपूर्ण ढंगले दुरुपयोग गर्न मिल्दैन । अख्तियारमाथि निकै गम्भीर प्रश्न उठेका छन् । कनमणि दीक्षितको प्रश्न अहिलेको उदाहरण हो । यो नियोजित छ ।Thakur Ghaire UML (2) मधेसी मोर्चाले संविधान स्वीकार गरिसके त मधेसी मोर्चाले सुरुमा संविधानसभा बहिष्कार गरेर हिडेका थिए । तर प्रधानमन्त्री निर्वाचनमा सुशील कोइरालालाई भोट हाले त । यो संविधानलाई स्वीकार गरेर कार्यान्वयन गरेको होइन भन्या ? केपी ओलीलाई भोट हालेर विजय गच्छदार उपप्रधानमन्त्री भए । यदी कोइरालाले जितेको भए उपेन्द्र यादव उपप्रधानमन्त्री हुन्थे नि त ? मधेसी मोर्चाको माग र आन्दोलन निकै भ्रमपूर्ण छ । अहिले बाँकी रहेका समस्या वार्ताको माध्यमबाटै समाधान गर्नुपर्छ । आन्दोलरत दलहरुले विदेशबाट होइन स्वदेशमा नै समस्याको समाधान खोल्नु पर्छ । दिल्ली दरबार र लैनचौर धाउनु पर्ने आवश्यकता छैन । सिंहदरवार र वालुवाटार पनि गम्भीरतापूर्व समस्या समाधानमा ध्यान दिनुपर्छ । अब नेपाल–भारतको सीमा बन्द किन नगर्ने ? जनसङ्ख्यालाई एउटा निर्वाचन क्षेत्रमा कायम गराउनु पर्छ भन्ने मान्यतालाई फेल गराउन खोजिएको छ । एक मधेस दुई प्रदेश भनेपनि अन्ततः एउटै मधेस प्रदेश हो । अङ्गिकृत नागरिकता हुनेहरुले मुख्यमन्त्री बन्न पाउने । बहुमत पुर्याउने दुई प्रदेश मर्ज गरेर इण्डियासँग मिसिएको घोषणा पनि गर्न सक्छन् । यो खतरा पनि देखिएको छ । सन् १९५० को सन्धी पुनरावलोकन गर्न मनमोहन अधिकारीले अडान लिनु भएको थियो । सन्धी पुनरावलोक दुई देशबीचको हस्ताक्षर भएको थियो । तर बर्षौ वितिसक्दा समेत कार्यान्वयन हुन सकेको छैन् । अब नेपाल– भारत सीमा बन्द गर्नुपर्छ । तत्काल नसके पनि विस्तारै आगामी दिनमा नेपाल भारतको बीचमा पासपोर्टबाट आवतजावत गर्नुपर्ने व्यवस्था गर्नुपर्छ । भारतको सुरक्षा संवेदनशितालाई ख्याल गरेर र भारतको समृद्धिको लागि पनि सीमा खुल्ला नराखौं । मधेसीमा लाखौँको सङ्ख्यामा नागरिकता खारेज गर्नुपर्ने अवस्था छ । अझ कृष्ण सिटौला गृहमन्त्री भएको बेला बाँडिएका नागरिकता छानबिन गर्न योग्य छन् । यसको लागि अब सरकारले छानबिन आयोग नै गठन गर्नुपर्छ । यसो गर्न सकेको अवस्थामा मात्र भारतले नेपालको सम्मान गर्छ ।