कम्युनिष्ट कन्ट्रीको अभ्यास अघिल्लो पटक सुवास नेम्वाङ सभामुख थिए । अहिले ओनसरी घर्ती । दुबै कम्युनिष्ट हुन् । त्यसैले दुबै कम्युनिष्ठ सभामुखले मुलुकलाई ‘कम्युनिष्ट कन्ट्री’ बनाउँदै छन् । कम्युनिष्ट कन्ट्री बनाएर संसदीय व्यवस्थालाई समाप्त पार्न लागिएको भनेर अहिले बुद्धिजिविमा छलफलको विषय भएको छ । त्यसको प्रमाण मंगलबारको संसद बैठकमा पनि देखियो । कम्युनिष्टका भाषामा संसद भनेको खसिको मासु झुण्डाएर कुकुरको मासु बेच्ने थलो हो । त्यसैले संसदीय पद्धतीलाई बिकृत बनाउँदै जाने अभ्ययास शुरु भएको छ । यसले लोकतन्त्र र संसदीय व्यवस्थालाई कम्जोर बनाउँछ ।