छोरीलाई कसैले किस गरे उसको ओठ उखेलिदिने बलिउडका सुपरस्टार शाहरुखले बताएका छन्।shahrukh-khan-suhana करन जोहरको ‘कफी विथ करन सीजन-५’ को पहिलो गेस्ट बन्न शाहरुख र आलिया भट्ट पुगेका थिए। ६ नोभेम्बरमा टेलिकास्ट हुने कार्यक्रमको सार्वजनिक भएको प्रोमोमा करनले शाहरुखलाई सोध्दछन्, ‘यदि कोही सुहानालाई किस गर्न भने के तिमी उसको ज्यान लिन्छौ?’ जवाफमा शाहरुखले भने ‘उसको ओठ उखेलिदिन्छु।’शाहरुख र आलियाको जोडी अपकमिङ फिल्म ‘डियर जिन्दगी’ मा देखिनेछन्। यो फिल्म २५ नोभेम्बरमा रिलिज हुनेछ।बुधबार बलिउडका सुपरस्टार शाहरुख खानको ५१ औँ जन्मदिन थियो। तीन बच्चाका बाबु शाहरुख परिवारको लागि निकै समय छुट्याउने गर्छन्। आर्यन, अबराम र सुहाना मध्य अबराम सबैभन्दा साना हुन, सुहाना एक्ली छोरी हुन। २२ मे, सन् २००० मा जन्मेकी सुहाना १६ वर्ष लागिन।suhana-khan-43433617 मुम्बईकै धीरुभाई अम्बानी इन्टरनेशनल स्कूलमा उनको पढाई चल्दै छ। नृत्य अनि खेलकुदमा पनि विशेष लगाव राख्ने सुहाना सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। अघिल्लो वर्ष शाहरुखले सुहाना नायिका बन्न चाहेकी बताएका थिए। यदि त्यसो भए सुहानाले आफ्नो साथी काजोलसंग अभिनय सिक्न शाहरुखले एक अन्तर्वार्ताको क्रममा बताएका थिए।suhana-khan-46533677 इन्स्टाग्राममा सुहाना निकै चर्चित छिन्। आफ्ना ग्ल्यामरस तस्बिरले बेलाबेला राम्रै चर्चा कमाउँछिन्। भाई अबरामसंग समुन्द्री किनारमा खिचिएको एक तस्बिर मिडियामा गलतरुपमा चर्चामा आएपछि शाहरुखले जवाफ समेत दिनुपरेको थियो।