माओवादी सरकारका चुनौती अहिले निकै कठिन परिस्थितिमा माओवादीको नेतृत्वमा सरकार बनेको छ । माओवादी जनता र राष्ट्रप्रति उत्तरदायि छ । प्रधानमन्त्रीको पार्टी माथिदेखि तलसम्मका नेतादेखि कार्यकर्तासम्मले देशप्रतिको उत्तरदायित्व छ । जनताको पक्षमा काम गर्ने हामीलाई मौका आएको छ । जनताको समस्या सम्बोधन गर्ने देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने र जनतालाई बलियो बनाउनको लागि यो अवसरलाई सदुपयोग गर्नुपर्छ । नेतादेखि कार्यकर्ताले यो अवसरलाई राम्रोसँग उपयोग गर्छन कि गर्दैनन भन्ने चुनौती छ । मधेसवादी दलको माग सम्बोधन पार्टी अध्यक्ष प्रचण्डले पार्टीभित्र र बाहिर संसदीय व्यवस्थालाई बुझे भनेर आत्मसमिक्षा गर्नुभएको छ । त्यो आत्मसमिक्षालाई गहिरो गरेर व्यवहारमा लागू गर्नुपर्ने अवस्था रहेको छ । प्रधानमन्त्री प्रचण्डले कम्युुनिष्ट आन्दोलन देश र जनताको पक्षमा काम गर्नु सक्नु पर्छ । उत्तर दक्षिणी छिमेकीलाई सन्तुलित ढंगले अगाडि बढाउनु पर्ने आवश्यकता छ । ओली नेतृत्वको सरकारले दक्षिणसँग केही असन्तुलन बनाउने काम गरेको थियो । Mani Thapa (3) मणि थापा नेता,नेकपा माओवादी केन्द्र त्यसैले प्रचण्डले अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई मिलाएर लैजानु पर्छ । जुन कामको सुरुवात गरिसक्नुभएको छ । मधेसवादी दलहरुको समस्या समाधान गर्नुपर्ने चुनौती छ । जनयुद्धका सहिद घाइते परिवारलाई व्यवस्थापन गर्नु र शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपनि चुनौती नै रहेको छ । भुकम्प पीडित, बाढीपीडितको समस्या पनि छ । प्रचण्डको सरकार छ भन्ने अनुभूति आम जनतालाई दिलाउनुपर्छ । पार्टी एकताबाट आएकाहरुको मनोविज्ञान र भावनालाई बुझेर समग्र प्रक्रियामा सहभागी गरेर लैजानु पर्छ । एमालेलाई विश्वासमा लिएर जानुपर्छ प्रतिपक्ष दल एमालेलाई विश्वासमा लिएर जानुपर्छ । अहिले संसदभित्र गणितको आधार हेर्दा प्रतिपक्ष दल एमालेको पनि साथ लिनुपर्ने आवश्यकता छ । प्रधानमन्त्रीले त विश्वासमा लिने काम गर्नुहुन्छ नै । त्यससँगै प्रतिपक्ष दल एमालेले कसरी सोच्छ ? प्रतिपक्ष दलले हारेको अनुभूति गरिरहेको छ । सिधा आउने देखिदैन । सरकारले विश्वासमा लिनुपर्छ । जनताको जायज माग सम्बोधन गरिरहदा प्रतिपक्ष दलको भावना पनि समेटिन्छ । प्रचण्डमाथि मन्त्रीको सूचीमा पार्न र नाम काट्न दवावै दवाव ! ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने बेलामा आफ्नो सरकारले अगाडि ल्याएको नीति तथा कार्यक्रम के हुन्छ ?भनेर प्रश्न गर्नुभएको छ । ति प्रश्न केही जाजय पनि छन । ति प्रश्न सम्बोधन गर्नुपर्छ । चाइनासँगको सम्बन्धका कुरादेखि लिएर ओली नेतृत्वको सरकारले अगाडि सारेको जायक कामलाई निरन्तरता दिएर जानु नै ओलीको समर्थन हो । सरकारको नेतृत्व ओलीले गरेपनि हामी पनि त्यस सरकारमा सहभागी थियौ । व्यक्तिगत टकराव र इगो पनि हुन्छन । व्यक्तिगत टकरावले राजनीतिमा स्थान पाउनु हुँदैन । सरकार फेरिएपछि राजदुतका बदर गर्नु नाजायज होइन । जायज नै हो । सन्तुलन मिलाउनुपर्छ । राजदुत सरकारका प्रतिनिधि भएको हुनाले जसको सरकार हुन्छ उही सरकारले राजदुत पठाउने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ । संसदीय खेलमा कांग्रेससँगको सहयात्रा संसदीय व्यस्थाको खेल स्वीकार गरेपछि यहीभित्रको खेलाडीहरुसँग सन्तुलन गर्नुपर्छ । कांग्रेस र माओवादीले देशको समस्यालाई कसरी बुझिरहेको छन । अहिलेको जे जति समस्या छन तिनलाई समाधान गर्ने गरी आएका हुन वा कुर्सी फेर्ने रहरको आधारमा आएका हुन भन्ने चर्चा र बहस अहिले चलिरहेको छ । माओवादी सचेत छ । सँगै कांग्रेस पनि गम्भीर हुनुपर्ने आवश्यकता छ । माओवादीलाई आएको अहिलेको अवसरलाई जनपक्षिय बनाउनुको अर्को विकल्प छैन् । Mani Thapa (1) गणतन्त्र ल्याउनको लागि माओवादी र कांग्रेसको भूमिका मुख्य हो । गणतन्त्र संघीयता संस्थागत गर्ने सबालहरुमा धर्म निरेपक्षता राष्ट्रियतालाई मजबुद्ध बनाउने र जनताको आकांक्षालाई सम्बोधन गर्नको लागि यो आन्दोलन नेतृत्वकर्ता भएकोले एकताबद्ध भएर जादा नै अहिलेको समस्या समाधान गर्न सकिन्छ । राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै यो सरकार सफल हुनुपर्छ । चुनावसँग एकसाथ जाने सहमति नै भइसकेको छ । एमाले नआए नयाँ बाटोको खोजी संविधान संशोधन गर्नको लागि एमालेलाई विश्वासमा ल्याउने नै पहिलो प्राथमिकता हो । एमाले त्यो पक्रियामा आएन भने मधेसवादी दलहरुको माग सम्बोधन गर्नको लागि कांग्रेस र माओवादीले मात्र पुग्न सक्ने अवस्था हुँदैन । एमालेले माग सम्बोधनमा सहयोग नगरे कांग्रेस माओवादी र मधेसवादी दलहरुको बीचमा एउटा नयाँ सहमति हुन सक्छ । मधेसवादी दलहरुको माग सम्बोधन गर्नको लागि नयाँ बाटोको खोजी हुन सक्छ । अहिले न्युनतम रुपमा सम्बोधन गरेर जाने । गणतन्त्र धर्मनिरेपक्षता, संघीयता जुन रानजीतिक आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरु छन् । नयाँ समझदारी कायम गरेर आगामी निर्वाचनमा साझा मुद्धा बनाएर नयाँ संविधान संविधान संशोधन गर्नको लागि । एमालेले नचाहेको अवस्थामा हुन सक्दैन । पार्टीमा गुटबन्दीको अन्त्य चाहेका छौं पार्टीबाट सहभागी भएका मन्त्रीहरुले संस्थागत निर्णयका आधारमा चल्नु पर्छ । पार्टीभित्र गुटबाटीको अन्त्य चाहेका छौं । खल्ती र गुटबाट काम गर्ने मानसिकताको अन्त्य होस भन्ने चाहेका छौं । फेरि पनि गुटबन्दी भयो भने माओवादी आन्दोलन र एकताको राम्रो सन्देश जादैन । यसमा हामी गम्भीर हुनुपर्छ । दुवैतिरबाट अब्बल ढंगले काम गर्नुपर्छ पार्टीभित्रको सांगठन बलियो बनाउनु पर्छ । जनवर्गीय संगठनहरुको भेला सम्मेलन गर्दै तोकिएको मितिमा नै महाधिवेशन गर्ने, गाउँ जिल्ला नगरहरुको भेला सम्मेलन निरन्तरता दिनुपर्छ । संगठन विभागलाई बलियो बनाएर पार्टी सञ्चालन गर्ने र सरकारमा रहेकाहरुले सरकार सञ्चालन गर्ने । दुवैतिरबाट अब्बल ढंगले काम अगाडि बढाउनु पर्छ । यसरी नै देशको पहिलो नम्बरको पार्टी निर्माण गर्न सकिन्छ । सही कार्य विभाजन गरेर अगाडि बढ्ने सैद्धान्तिक सहमति भएको छ । मन्त्रीका परिवारलाई स्वकीय सचिव नबनाऔ हामीले सामान्यता मन्त्रीमण्डमा जानेहरुले नजिका परिवारलाई स्वकीय सचिव बनाउने कुरामा गम्भीरतापूर्वक ्ध्यान दिनुपर्छ । संस्थागत गरियोस भन्ने पार्टीको स्पष्ट नीति छ । सबै प्रदेशबाट संस्थागत निर्णय भएर राख्ने परिपार्टीको सुरुवात होस भन्ने छ । एकता प्रक्रिलाई पनि एउटा मापदण्ड बनाएर गरिनुपर्छ भन्नेमा हाम्रो पार्टीभित्र छलफल भएकै हो । इतिहासमा जे गल्ती र कमीकमजोरीहरु गर्यौ । विगतमा भएका कमजोरी दोहोरिदैन भन्ने आत्मविश्वास हामीले राखेका थियौ । यदी कमकमजोरी दोहोरिएका छन भने सुधार गर्नुपर्छ । र अन्त्यमा, अन्त्यमा मधेसी मोर्चालाई विश्वासमा लिनुपर्छ । कांग्रेस माओवादी गठबन्धन बनेको छ । गणतन्त्र सस्थागत गर्नको लागि १८ महिनाको समय लिएको छ । यो बेलासम्म कुशलतापूर्व अगाडि बढ्नु पर्छ । पार्टीको जातको परिवारको क्षेत्रको व्यक्तिको आधारमा भन्दा राष्ट्रिय एकतालाई बलियो पार्ने गरी नेतृत्व गर्नुपर्छ । क्षेत्रीयता जातियता परिवारवादको घेरोलाई तोडन सक्ने परिस्थितिको निर्माण गर्नुपर्छ । प्रचण्डको निर्देशन- छानविनमा रहेका डाक्टरलाई विरामी जाँच्न नदेउ