आन्तरिक नेतृत्व चयनको समयमा नेकपा एमालेभित्रको गुटबन्दी साह्रै नराम्रोसँग सतहमा आउँछ । माउ पार्टीको महाधिवेशन देखि युवा देखि विद्यार्थी संगठनमा पनि यो रोग ब्याप्त छ । यतिबेला एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशनको चटारो छ । गुटबन्दीको हाना-हान र मारामार चर्किरहेको अनुभव पनि हुन थालेको छ । गुटबन्दी भित्र पनि रहेका अनेक गुटका कारण कसले कुनबेला बाजी मार्छ र को पल्टिन्छ भन्न नसकिने अवस्था छ । यस्तै आगामी महाधिवेशनबाट अध्यक्षकी आकाँक्षी मध्ये हुन् महासचिव नविना लामा । पार्टीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली निकट मानिने नविनासँग महाधिवेशनको सन्दर्भमा नेपाली हेडलाइन्सका कार्यकारी सम्पादक सरोज गौतमले गरेको कुराकानीः Nebina Lama Interveiw (1) नविना लामा महासचिव , अनेरास्ववियु चुनाव तयारी कुन रुपमा भइरहेको छ ? यसपटक पनि छोड्ने कि लड्ने ? –मैले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेको छु । सोही अनुसार मैले आफ्नो तयारी गरेको छु । कति पटक छोडने ? यस अघि धेरै पटक त्याग गरिसकेको छु । यस पटक छोडने कुरा छैन । इकाई कमिटिदेखि पदाधिकारीसम्म जहाँ नबसेको रेकर्ड छैन । यो पटक एउटा टिम बनाएका छौं । मेरो अखिलमा अध्यक्ष बाहेक अन्य पद छैन । तपाईको प्रतिस्पर्धी चाँही को हो ? –तपाईको प्रतिस्पर्धी चाँही को हो ? – हाम्रो पार्टी सैदान्तिक हिसाब ले एक हुदाहुदै पनि फरक फरक विचार र दृष्टिकोण बोक्ने दुई विचार समूह छ जसका कारणले ले प्रतिस्पर्धा हुनु स्वाभाविक हो तथापी म सस्थापन पक्ष बाट र जबज लाई नेत्रित्वगर्दै अध्यक्ष्य पद को प्रत्याशी हु । मार्क्स र हेगेल्स ले भनेझैँ एउटै बस्तु माथि हेर्ने दृष्टिकोण फरक फरक हुनसक्छ भनेझै मैले नेत्रित्व गर्ने विचार समुह भन्दा अरु अलग कोहि प्रतिष्पर्धी हुनासक्लान तर तिनीहरुलाई उछिन्न सक्ने हरेक क्षमता म संग भएकोले मलाई अरु प्रतिष्पर्धी छ जस्तो लाग्दैन । क्षमताले भन्दा पनि नेताको फेरो नसमाति चुनाव जितिन्न भन्छन् नि ? –अनेरास्ववियु लाखौं विद्यार्थीहरुको संगठन हो । पार्टी बढाउने र कार्यकर्ता निर्माण गर्ने हामी हो । म भन्छु– पार्टीका नेताहरुलाई के साच्चै दक्ष जनशक्ति उत्पादन गर्ने फ्याक्ट्रीको रुपमा यसलाई कसरी अगाडि लैजाने ? हाम्रो २२ औ महाधिवेशन पनि आउंदैछ । यसलाई नेताहरुले महाधिवेशनलाई सर्वसम्मत पनि गर्न सकिन्छ । आज नेताहरुले मिलाउने कि विभाजित गर्ने नेताहरुकै हातमा छ ? पार्टीको गुटबन्दीले प्रभाव पार्छ ? सही मान्छेले नेतृत्व गर्नुपर्छ । शैक्षिक क्षेत्रमा देखिएको विकृति र विसंङगतिको विरुद्ध लडने नेतृत्व चाहिन्छ । पढ्न नपाउने झुपडीमा बसेर काम गरेर खानेहरुको लागि उसको शिक्षाको लागि स्कुलमा पढाउनेदेखि सबैको लागि शिक्षा भन्ने नीति अनुसार अगाडि बढ्ने नेतृत्व चाहिन्छ । सबैलाई मिलाएर लैजाने नेतृत्व चाहिन्छ । विद्यार्थी आन्दोलन किन प्रभावहिन बन्दै गइरहेको छ ? –विद्यार्थी आन्दोलन केही हदसम्म कमजोर भएको हो । तर अखिल कमजोर भयो कि भएन भन्ने काममा निर्भर गर्छ ? अनेरास्ववियुको क्रियाशिलता विद्यार्थीहरुको माझमा राम्रो छ । सबै विद्यार्थी संगठनमा लोकतन्त्र कमजोर छ । गुटबन्दी बलियो छ । हामीले लामो लडाइँ लड्यौ । नाकाबन्दी र कालोबजारी रोक्ने विषयमा किन आवाज नै उठेन नि ? –नाकाबन्दी छ । कालोबजारी छ । नाकाबन्दीको विरुद्ध हामीले आन्दोलन गरेको हो । कालोबजारीको विरुद्ध पनि आवाज उठाएका छौ । हामी सुतेर भने बसेका छैनौं । हामी मात्र होइन देशप्रेमीहरु एकताबद्ध हुनुपर्छ । राष्ट्रियतालाई खतरामा पार्ने काम असाध्यै अमानविय र कानुन विपरीतको काम हो । भारतलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनु पर्ने थियो । तर यो आन्दोलनमा हामी चुक्यौं कि भन्ने लाग्छ । कालो बजारीको दलाल तस्करहरुलाई तह लगाउने आन्दोलन गर्नुपर्ने थियो । Nebina Lama Interveiw (2) आफ्नो पार्टीको सरकार हुँदा चुप लाग्ने अरु दलको सरकार बन्यो भने सडकमा उफ्रिने किन ? पार्टीका अध्यक्ष केपी ओलीसंग डराउनु भएको हो ? –होइन । हामीले बोल्ने कुरा प्रधानमन्त्रीले बोल्नु भएको छ । हामी झुक्दैनौं । राष्ट्रियतालाई झुक्क दिन्नौं । यो स्वाभिमानी नेपाली माथि घात गर्दिन भन्नु भएको छ । सरकारले आजसम्म राष्ट्रियता, जनजीविकोको पक्षमा देखिएको छ । देशको हितमा प्रतिबद्ध भएर लागेको छ । सरकारले गर्ने कामको प्रयासमा सरकार गम्भीर छ । तपाईले अखिलको रानजीतिमा लागेर शैक्षिक क्षेत्रमा देखिएको विकृति र विसंगती हटाउन के पहल गर्नुभयो ? –आज धनी र गरिबबीच पढन पाउने कि नपाउने भन्ने असमानता छ । पैसा हुनेले गुणस्तर शिक्षा छान्न पाउनु पर्ने । पैसा नहुने चाही बञ्चित हुनुपर्ने । संविधानमा शिक्षा मौलिक अधिकारसम्म जोडनु पर्छ । हाम्रो एजेण्डा हो । संविधानमा उल्लेख गरिएको छ । व्यक्तिले शैक्षिक संस्था खोल्न पाउनु पर्ने नीति चाहिँ डर लाग्दो छ । शिक्षामा माफियाकरण छ । शिक्षा नाफामुखी छ । यसको अन्त्यको लागि आन्दोलन गर्दै आएका छौ । अनेरास्ववियुले नेपालमा शिक्षा कस्तो नीति कस्तो बनाउने ? प्राथामिक शिक्षा, माध्यामिम शिक्षा, उच्च शिक्षा र विश्वविद्यालयको शिक्षा कस्तो बनाउने भन्ने बहस अहिले जारी छ । शिक्षाविद्धको भनाई अनुसार अहिले दस्तावेज नै निर्माण गरेका छौ । प्रमाणपत्रको आधारमा लोनको व्यवस्था गर्न सके शैक्षिक वेरोजगार अन्त्य गर्नु सकिन्छ । सीमान्तकृत तराई, चेपाङ वस्तीका बालबालिको लागि गुणस्तरीय शिक्षा हुनुपर्छ । जति संविधानमा जे उल्लेख भएपनि राजनीतिमा महिलाहरुको नेतृत्व आवश्यक छ । महिलाहरुलाई नेतृत्वमा पुर्‍याउनको लागि सहायक हुन्छ । अनेरास्ववियको अध्यक्ष बनेपछि तपाईको के योजना छ ? –अध्यक्ष भनेर ठूलो महत्वकांक्षा छैन । ५० बर्षदेखिको संगठनको विरासत छ । यसलाई रक्षा गर्ने । यसलाई समृद्धितिर जोडनु पर्छ । सधै टायर र तालाबन्दी मात्र होइन यसलाई सृजनात्मक र रचनात्मकतिर जोडनु पर्छ । सबै विद्यार्थीहरुलाई राजनीतिमा जाडनु पर्छ । नीजि र सरकारी शिक्षाबीच जुन खालको खाडल र विभेद छ । यसलाई सुधार गरेर नेपालको शिक्षा नीतिमा एउटै क्यालेण्डर बनाउनुपर्छ । हिमाल पहाड र तराईमा एउटै हुनुपर्छ । यसलाई नयाँ ढंगले लैजाने मेरो प्रयास हुन्छ । विद्याथी संगठनका नेताहरु राजनीतिक नेतृत्वमा छन् । यसलाई पुर्नगठन गरेर लैजानु पर्छ । राजनीतिक पार्टीमा पनि स्ववियु काउन्सिलको ढंगले अगाडि जानुपर्छ । Nebina Lama Interveiw (4) सृजनात्मक ढंगले राजनीतिलाई स्थापित गर्नुपर्छ । लाखौ विद्यार्थीहरुको रगत र पसिनासंग जोडिएको छ । सबैलाई जोडेर जैलानु पर्छ । नयाँ ढंगले लैजानु पर्छ । ०३६ सालको विद्यार्थी आन्दोनलाई ताजकी दिनुपर्छ । अखिलमा देखिएको गुटबन्दीले न्यायप्रेमी विद्यार्थीहरु बञ्चित छन् । गुठबन्दी अन्त्य गरेर लैजाने मेरो योजना छ । सबैको योग्यता क्षमता र दक्षताको आधारमा कार्य विभाजन गर्ने मेरो मुख्य काम हुनेछ । अखिल सबैको अभिभाव हो । राष्ट्रको पहरेदार देश निर्माणको नर्सरीको रुपमा बनाउने मेरो योजना छ । आर्थिक कुरा उठेको छ । विश्वविद्यालयहरु तहसनहस भएको छ । अख्तियारले पत्र काटेको छ । विद्यार्थी संगठनको नेतृत्वहरु पनि त्यहाँ जोडिएको छ । आर्थिक राजनीतिक रुपमा त्यस्तो परम्पारबाट मुक्त गर्ने अखिलको नेतृत्व हुनुपर्छ । स्ववियु हल्ला गर्ने ठाउँ मात्र हो साच्चिकै विद्यार्थीहरुको हक अधिकारको लागि काम नै गर्न सकेन पनि भन्छन नि ? –सबै कुरा गुण र दोष परिणाममा हेर्ने हो । सकारात्म र नकारात्मक दुवै छ । कतिपय नेतृत्वको कार्यकालमा आर्थिक अपारदर्शीताको कुराहरु पनि आए । त्यो हाम्रो लागि कठिनाइ छ । यसले हामीलाई निराश बनाएको छु । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्नु नै राम्रो काम हो । छोरी मान्छे भएर राजनीति गर्न कत्तिको गाह्रो छ ? –यो असाध्यै गाह्रो कुरा हो । खुल्ला परिवेशमा हामी अगाडि बढ्दै छौ । सामान्तवादको संङर्किण सोच र चिन्तन अझै बाँकी नै छ । पुँजीवादमा पनि महिला माथि हुने शोषण र दमण अत्यास लाग्दो छ । जुन जुन महिलाहरुसँग यहाँसम्म आउनु भयो । निकै संघर्ष गनु भो । मैले पनि गरे । यहाँसम्म आउनेका लागि मैले पनि आर्थिक र राजनीतिक रुपमा निकै चुनौती सामना गरेको छु । धार्मिक, सामाजिक बन्धनले गर्दा पनि कठिनाइ छ । बहुआयामी भूमिका निर्वाह महिला निर्वाह गर्नुपर्छ । राजनीतिमा मानसिक रुपमा आरोप झेल्नु पर्ने । यो खालको संरचनामा महिलाको नेतृत्व भयो भने महिला मानसिक रुपमा बुझ्न सक्छ । Nebina Lama Interveiw (3) महिला माथि जानको लागि पनि पुरुष नेताको पनि साथ चाहिन्छ नि ? –मलाई त्यस्तो लाग्दैन । पुरुषको भन्दा पनि गुटको आर्शिवाद चाहिन्छ भन्ने होला । गुटबन्दी अन्त्य गर्न तपाई के गर्नुहुन्छ ? –नेतृत्व लिएपछि गुटको नेतृत्व गर्ने कि समग्र संगठनको नेतृत्व गने ? संगठनको विधि र प्रक्रिया अनुसार अगाडि बढ्नु पर्छ । आन्तरिक लोकतान्त्र बलियो हुनुपर्छ । मुल नेतृत्व राम्रो हुनुपर्छ । एमाले राम्रो हुनको लागि व्यक्तिको नेतृत्व नै ठूलो कुरा हो । समाजप्रतिको दायित्व र जिम्मेवारीमा नै फरक पर्छ । सर्वम्मत नेतृत्व चयन कतिको सम्भावना छ ? –पार्टीको लागि सर्वसम्मत भयो भने म छोडन तयार छु । गुटको लागि उम्मेदवार फिर्ता गर्दिन । आम रुपमा सर्वसम्मती भयो म बाधक बन्दिन । अखिलका कार्यकर्ताले नविनालाई किन भोट दिने ? मैले सगठनको लागि गरेको कार्य, लगानी, त्याग बलिदान, स्वच्छ व्यवहार र आचारण का कारणले । म विद्यार्थीको पक्षमा लड्दै आएको व्यक्ति हो । सबैको सम्मान गर्छु । सबैको भावना सुन्ने र इमान्दारसंग लाग्ने नै मेरो पहिचान हो । त्यसकारण मलाई भोट नदिनु पर्ने कारण नै छैन । आर्थिक रुपमा पारदर्शी छु । गुन्डागर्दीको नेतृत्व मैले गरेको छैन / सक्षम र वैचारिक नेतृत्व गर्नको लागि मलाई आम विद्यार्थीले सहयोग गर्नुहुन्छ भन्ने पूर्ण विस्वास छ साथै म अध्यक्ष्यमा निर्बाचित हुने कुरा मा ढुक्क छु ।