२२ साउन, काठमाडौ ।
नेपाल-चीन जोड्ने अरनिको राजमार्ग खुले पनि पहिरोको जोखिम यथावत रहेकाले चिनियाँ पक्ष सहयोगका लागि नियमित खटिने भएको छ । उत्तरी छिमेकी चीनकै सहयोगमा अवरुद्ध कोदारी (अरनिको) राजमार्ग बुधबार साँझदेखि खुलेको हो । नेपाली सेनाको नेतृत्वमा चिनियाँ सशस्त्र प्रहरी बलको टोलीले पाँच दिनको मिहिनेतबाट बाटो खुलाएको हो । तर, कुनै पनि बेला पहिरोले बन्द हुने खतरा रहकाले दुईपक्षीय संयन्त्रले आवश्यक पर्दा काम गर्ने भएका हुन् ।
‘सकेसम्म तत्काल पहिरोले नपुर्ने गरी बाटोको अवरोध हटाएका छौं,’ चिनियाँ सशस्त्र प्रहरी बलका कमान्डर फु लिङले भने, ‘तर भन्न सकिँदैन । त्यो क्षेत्र कमजोर छ दिगो समाधान खोजिनु र त्यहीअनुरूपको संरचना निर्माण गर्न आवश्यक छ ।’ उनले वर्षाका कारण पुनः पहिरो जाने जोखिम अरनिको राजमार्गमा नेपाली सुरक्षाकर्मीसँग भविष्यमा पनि मिलेर काम गर्ने उनले बताए ।
nepali china army working together
‘पहाडको संरचनालाई कसरी हुन्छ बलियो बनाउने र बाटो चौडा गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘हरेक क्षेत्रमा तत्काल उद्धार गर्ने र बाटो खुलाउने टोली राख्नु जरुरी छ ।’ अवरुद्ध सडक खुलाउनुअघि ३६ किमि बाटोको ४१ स्थानमा बन्द थियो । ११ स्थानमा ठूला ढुंगा थिए । ‘अहिले ठूला मेसिन तथा स्काभेटर ठाउँ-ठाउँमा राख्नुपर्ने र तत्काल यसको प्रयोग गरेर अवरोध आएमा खुलाउने गर्नुपर्छ ।’
‘दुईपक्षीय व्यापार, पर्यटन, आवतजावतका लागि बाटो खुला भएको हो । अब खासापारि रहेका कन्टेनरहरू स्वाभाविक रूपमा आउने जाने गर्न सक्छन्,’ उनले भने । आजको कान्तिपुरमा खबर छ ।