प्रहरीले टर्की


SUBMITTED BY: parso

DATE: Nov. 6, 2016, 12:08 a.m.

FORMAT: Text only

SIZE: 1.1 kB

HITS: 566

  1. टर्कीको दियारबाकिरमा रहेको प्रहरी कार्यालयनजिकै शुक्रबार भएको बम विस्फोटमा परी एक व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटमा परी अन्य ३० जना घाइते भएका छन् ।
  2. प्रहरीले टर्कीको मुख्य पार्टी कुर्दीस समर्थन दुई जना उपनेतालाई पक्राउ गरेको केही घण्टापछि नै सो विस्फोटन भएको जनाइएको छ । साथै केही सांसदहरुलाई हिरासतमा राखेको प्रहरी कार्यालय नजिकै विस्फोट गराइएको अधिकारीहरुले जनाएका छन् ।
  3. विस्फोटको आवाज केही किलोमिटर टाढासम्म सुनिएको थियो भने, धुँवा उडेको देखिएको थियो । विस्फोटपछि अन्य बन्दुक पड्केका आवाजहरु पनि आएका थिए ।
  4. घटनामा घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको र कसैको पनि नाम ठेगाना थाहा नभएको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
  5. शुक्रबार सवेरै आतङककारी गतिविधिहरुको छानविन गर्न पिपुल्स डेमोक्रयाटिक पार्टीका उपाध्यक्ष फिगेन युक्सेक्डगलाई उनकै घरबाट नियन्त्रणमा लिईएको टर्कीको सरकारद्धारा सञ्चालित समाचार संस्था एनाडोलुले जनाएको छ ।
  6. कुर्दिस समूदायको प्रतिनिधित्व रहेको संसदको तेस्रो ठूलो दल पिपुल्स डेमोक्रयाटिक पार्टीका नेता विरुद्ध टर्की सरकारले अहिले बृहत खोजविन गरिरहेको छ । संसदमा सो पार्टीको ५९ जना सांसद रहेका छन् । रासस /एएफपी

comments powered by Disqus