Shanta Chaudhari


SUBMITTED BY: parso

DATE: Nov. 7, 2016, 5:40 a.m.

FORMAT: Text only

SIZE: 5.0 kB

HITS: 408

  1. नयाँ संविधानले मधेसी, दलित, आदिवासी जनजाति, महिला, मुस्लिम लगायत वर्ग र जातिको माग सम्बोधन गर्न नसकेको भन्दै शुरु गरिएको आन्दोलन ४ महिनाभन्दा बढी समयदेखि जारी छ । तर त्यही समुदायका व्यक्ति पनि छन् जसले यो आन्दोलन निरर्थक हो, संविधानमा भएका राम्रा कुरा नागरिकलाई बुझाउन सकिएन भन्दै नागरिक सचेतना अभियान चलाई रहेका छन् ।
  2. नेकपा एमालेकी पूर्व सांसद शान्ता चौधरी, राष्ट्रिय भूमि अधिकार मञ्चकी महासचिव सरस्वती सुब्बा लगायतले चलाएको अभियान अहिले बृहत बन्दैछ । प्रस्तुत यसै सन्दर्भमा अभियानकी अभियान्ता एवं नेकपा एमालेकी पूर्व सांसद शान्ता चौधरीसँग बोमलाल गिरीले गरेको कुराकानीः
  3. Shanta Chaudhari
  4. तपाईहरुले चलाईरहेको नागरिक सचेतना अभियानका बारेमा बताईदिनुस् न । के हो यस्को उद्देश्य ?
  5. संविधान जारी हुनुभन्दा अघि संघीयताको सिमांकनपछि तराईमा आन्दोलन भइरहेको छ र संविधानमा आफूहरुका माग पूरा नभएको भन्दै एकखालको भ्रम श्रृजना गरिएको छ । जनताको बीचमा सकारात्मक कुरा बाहिर नआउने र नकारात्मक कुराहरु मात्र गर्ने प्रबृतिका कारण हामी जत्तिको सचेत नागरिक पनि त्यही बाटोबाट अघि बढ्यौं भने कहिल्यै पनि सफल हुन सकिन्न । देशको हालत के होला ? नेताहरुले गल्ती पनि गरेका होलान, सोचे अनुसारको नभएको पनि होला ।
  6. तर संसारमा शत प्रतिशत आफूले चाहेको कहिल्यै कतै पनि हुँदैन । चित्त नबुझेका कुरा संसोधन गर्दै जान पनि सकिन्छ । शान्तिपूर्ण ढंगले पनि माग पूरा गराउन सकिन्छ । एकले अर्काको ज्यान लिएर कोही पनि ठूलो हुँदैन । जो मरेपनि नेपाली नै मर्ने हो । बिहान उठ्ने वित्तिकै सुभप्रभात भन्ने बेलामा समवेदना भन्नुपर्छ । त्यसैले सकारात्मक सोचका साथ यो अभियान शुरु गरेका छौं । सकारात्मक सोचका साथ अघि बढ्यौं भने पक्कै पनि मुलुकलाई द्धन्द्धबाट जोगाउँछ कि भन्ने आशा गरेका छौं । सामाजिक सञ्जाल फेसबुक, ट्विटर हेर्छु, कतिपय मान्छे यस्ता छन् कि उनीहरुलाई नकारात्मक कुरा गर्दा नै आनन्द आउँछ जस्तो ।
  7. तपाईहरुले यसरी सचेतना अभियान चलाई रहँदा तपाईकै समुदाय थरुहट÷थारुवाट संयुक्त संघर्ष समितिले संविधानको विरोधमा ४ महिनाभन्दा बढी समयदेखि आन्दोलन गरिरहेको छ । त्यो आन्दोलनलाई हेर्ने तपाईको दृष्टिकोण के हो ?
  8. लोकतन्त्रमा सबैले आफ्ना माग राख्न पाउँछ । जायज माग छन् भने राज्यले सम्बोधन गर्नुपर्छ । तर थारुहरुको आन्दोलन गलत छ । तराईमा भएको आन्दोलनमा सिंगो थारु र सिंगो मधेसी समुदाय कहाँ सहभागि छ र ? शान्ता चौधरीले बोलेको सबै थारुले मान्नुपर्छ भन्ने पनि त छैन । मैले बोलेको कुरा सबै थारुको कुरा हो पनि त भन्न मिलेन । उहाँहरुले आफ्ना माग यी यी हुन भनेर भन्नुपर्छ ।
  9. तपाई दाङमा जानुस, कैलाली वा तराईका जिल्लामा गएर सोध्नुस् कुन थारु छ आन्दोलनमा ? कोही थारु आन्दोलनमा छैन भने सिंगो थारुको आन्दोलन भनेर भन्न मिल्छ ? कुनै पनि हालतमा मिल्दैन । उहाँहरुको आन्दोलनलाई गलत त भन्दैन । आफ्ना माग राख्न पाउनु पर्छ । तर जतिसुकै महत्वपूर्ण आन्दोलन भए पछि जस्ले गरेपनि हिंसात्मक आन्दोलन गलत हो ।
  10. त्यसो भए संविधानमा नराम्रा मात्र होइन राम्रा पक्ष धेरै छन् त्यसलाई बुझौं र चित्त नबुझेका कुरा संसोधन गर्दै जान पनि सकिन्छ भनेर बुझाउँदै हुनुहुन्छ ?
  11. पक्कै पनि । अमेरिका जस्तो मुलुकमा कयौं पटक संविधान संसोधन भयो । छिमेकी भारतमा एक सय पटक संसोधन भयो । ए बाबा, यो संविधान गिता, कुरान र बाइबल त होइन । यसलाई त हामीले सजिलै संसोधन गर्न सक्छौं । एक पटक लेखियो अव फेरबदलै गर्न सकिन्न भन्ने गरी जनतालाई बुझाउन हुन्न ।
  12. १० वर्षे जनयुद्ध त वार्ता मार्फत समाधान भयो । हरेक समस्याको समाधान वार्ता मार्फत न नै हुन्छ । म पनि कम्लहरी, कमैया, भूमिहिनहरुको आन्दोलनमा धेरै पटक हिँडे । कम्लहरीले कहिल्यै कसैलाई मारे ? बरु आफ्नै ज्यानको बाजी राखेर आन्दोलन गरे तर कसैलाई क्षति पुरयाएनन् ।
  13. यो अभियानमा ककस्को सहभागिता छ ? के गरिरहनु भएको छ र आगामी योजना के छन् ।
  14. हामी धेरै छैनौं । विशेष गरी राष्ट्रिय भूमि अधिकार मञ्चकी महासचिव सरस्वती सुब्बा हुनुहुन्छ । रणुका साह, रविराज कार्की, सरोज खनाल, एक दुई जना कलाकार, पत्रकार राजकुमार रेग्मी लगायत हुनुहुन्छ ।
  15. सकारात्मक सोचको विकास गरेर अघि बढ्दा राष्ट्र पनि अघि बढ्छ, आफूलाई पनि फाइदा हुन्छ भन्ने सोचेका छौं । सरकारलाई कालोबजारी रोक्न आग्रह छ । त्यसका लागि प्रधानमन्त्री, सभामुख लगायत राष्ट्रका प्रमुख व्यक्तिहरुलाई अनुरोध पत्र बुझाउने तयारी गरेका छौं । त्यस्तो ठूलो अरु योजना केही छैन ।
  16. Shanta Chaudhari 1
  17. तपाईले यो अवधिमा आन्दोलनरत थरुहट÷थारुवान संयुक्त संघर्ष समितिसँग पनि छलफल गर्नुभयो ?
  18. उहाँहरुसँग पटक पटक भेट्ने प्रयास गरे । तर अहिलेसम्म भेट्न सकेको छैन । उहाँहरु रिसाउनु भएको छ म सँग । मलाई जथाभावि मुख छोडेर गाली गर्नुहुन्छ, लेख्नुहुन्छ । मेरो उहाँहरुई एउटा मात्र अनुरोध के हो भने हरेक समस्याको समाधान वार्ता हो । जवसम्म्म वर्गीय समस्या समाधान हुँदैन, तवसम्म अरु समस्याको समाधान हुन्छ भन्ने मलाई लाग्दैन ।
  19. जात भन्ने कुरा त जन्मिदा बित्तिकै लिएर आउँछौं । मुख्य कारण त भात हो । म थारु भएकै कारण कम्लहरी भएको त होइन नि । मत गरिव भएका कारण कम्लहरी भएको हो । यदि थारु भएकै कारण कम्लहरी हुनु पर्ने भए त विजयकुमार गच्छदार, पर्शुनारायण चौधरी पनि कमैया हुनु पर्ने नि । तर उहाँहरु कमैया होइन, उहाँहरको घरमा कमैया छन् । त्यसैले मुख्य समस्या गरिवि हो । गरिविको समस्या समाधान नहुँदासम्म अरु समस्या समाधान हुँदैन ।
  20. असमानतालाई हटाएर कसरी समावेशी बनाउने भनेर बरु बहस गरौं, घनघोर छलफल गरौं, योजना बनाऔं । तर मान्छे मारेर, रगतको खोलो बगाएर, देशमा आगो लगाएर, आफ्नै देशका जनताको घाँती निमोठेर अरु राष्ट्रलाई सहयोग गर्ने, नाकावन्दी गर्न लगाउने यस्तो पनि कतै नैतिकता र आन्दोलन हुन्छ ? भोली तिनै जनताको बीचमा गएर भोट माग्नु पर्छ, उनीहरुकै विचमा बस्नुपर्छ अनि तिनै जनतालाई दुःख दिएर भोली कहाँ जाने ? यो कुरालाई पनि ख्याल गर्नु पर्छ ।

comments powered by Disqus