मोदीले थला पारे, मुखर्जीले जिस्क्याए


SUBMITTED BY: parso

DATE: Nov. 6, 2016, 12:24 a.m.

FORMAT: Text only

SIZE: 3.7 kB

HITS: 588

  1. अघोषित अमानवीय नाकाबन्दी गरेर नेपालीहरुको संकटमा धकेलेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हर्कत सेलाउन नपाउँदै राष्ट्रपति प्रणव मुखर्जीले नेपालीहरुलाई पुनः जिस्क्याउने काम गरेका छन् । राजनीतिकभन्दा पनि सद्भावना नेपाल भ्रमणमा राष्ट्रपति मुखर्जीले दलका नेताहरुलाई संविधान संसोधन गर, यसो गर उसो गर, मलाई यो कुरा चित्त बुझेको छैन भन्दै राजनीतिक भ्रमणकै झल्को दिन पुगे ।
  2. अपत्यासितः मुखर्जी पोखरा जानु अघि भयो कहिल्यै नभएको घटना
  3. पहिलो एवं पूर्व राष्ट्रपति डा. रामवरण यादवसँग सबैभन्दा लामो समय (झण्डै) एक घण्टा भेटेका प्रणवले नेपालको संविधान संसोधन समयमा सही तरिकाले अगाडि नगएको भन्दै धेरै कुरामा आफ्नो चासो रहेको समाचार आएका छन् ।
  4. kp-oli-uml-leaders-pranab-mukharjee-meet
  5. नेपालको शान्ति प्रक्रियादेखि, संविधान कार्यान्वयन, आर्थिक विकास र नेपालमा भारतीय परियोजनामा आफ्नो चासो रहेको भन्दै मुखर्जीले आफ्नो भ्रमणलाई सद्भाव कम र राजनीतिक भ्रमण बढी र महत्वको रहेको सन्देश प्रवाह गरेका हुन् । राष्ट्रपति यादववले मात्र होइन । नेपालका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसम्मले नेपालको संविधान संसोधन, संविधान कार्यान्वयनमा भएको प्रगतिबारे मुखर्जीलाई समीक्षा नै गर्नुपरेको थियो । सामान्यतया आन्तरिक विषयमा यस्ता विषय उठ्दैननन् उठिहाले पनि सीधा मिडियामा सहज रुपमा कुरा पुग्ने गरी विषय बाहिर ल्याइदैन । तर, मुखर्जीसँगको भेटमा नाम नबताउने भन्दै सहभागी कांग्रेस, एमालेका नेताहरुले राष्ट्रपति मुखर्जीलाई संविधान संसोधन र संविधान कार्यान्वयनबारे रिपोर्टिगं नै गर्नुपरेको थियो ।
  6. भारतीय टिभी अभिनेत्री भन्छिन्- मलाइ डग्गी स्टाइल मन पर्छ
  7. कांग्रेस सभापति देउवाले सबैलाई समेटेर संविधान कार्यान्वयनका लागि पहल भइरहेको बताएका थिए । मुखर्जीले संविधानमा सबै दलले सहमति नजानाएकोतर्फ संकेत गर्दै मान्य हुने गरी अघि बढ्न सुझाएपछि नेताहरुले यस्तो बताएका थिए । मुखर्जीे यतिमा मात्र रोकिएनन् नेपालमा भारतीय सहयोग रहेका ठूला आयोजना समयमा अघि नबढेको भन्दै असन्तुष्टीसमेत जनाए । सभापति देउवाले अरुण तेस्रो र माथिल्लो कर्णाली समयमै अघि बढ्ने बताउनुपरेको थियो ।
  8. pm-prachanda-indian-pres-pranab-mukharjee
  9. उता एमाले अध्यक्ष केपी ओलीले दुई देशबीचको सम्बन्धलाई पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता नरहेको बताइदिए । भारतीय पक्षबाट संविधान कार्यान्वयनमा सबै दल मिल्नुको विकल्प नभएको बताइरहँदा ओलीले यस्तो जवाफ दिएको बताइन्छ ।
  10. देउवाको दिल्ली दौडले उब्जिएका २ खतराः गोवाबाट चीनलाई चिढ्याउँदै देउवा
  11. संविधान संसोधनमा मुखर्जीले दलका नेतालाई सुझाव दिएको र नेताहरुले प्रयास गरिरहेको विषय मधेसी मोर्चाका अध्यक्षसँगको भेटका क्रममा खुलेका थियो । मोर्चाका नेतालाई भेट्दै मुखर्जीले संसोधनको प्रयास भइरहेको आफूले पाएको भन्दै केही समय ठूला दललाई कुर्न सुझाव दिएका थिए ।
  12. pranav-mukharjee-at-sital-niwas
  13. राष्ट्रपति आफैंमा संवैधानिक हो, राजनीतिक होइन, तर, मुखर्जी मोदीभन्दा पनि माथि देखिए । आफ्नो भ्रमण राजनीतिक भएको देखाउन कुनै कसर बाँकी राखेनन् । राजनीतिक सुझाव उसैगरी दिए ।
  14. अघिल्लो वर्ष मोदी सरकारले नेपालमा नाकाबन्दी लगायो । दर्शै, तिहार, छठ जस्ता चाडपर्व नेपालीहरुले राम्रोसित मनाउन पाएनन् । कतिका गास खोसियो, मानिसहरु पैदल हिड्न बाध्य भए, उद्योगले आफ्ना उत्पादन कटाउनुपर्यो । तर, मोदी सरकारले नाकाबन्दी खोलेन । ८ देखि ९ महिना सकस थियो ।
  15. Prachanda signing Modi Behind
  16. नस्वीकारीकन नाकाबन्दी विस्तारै हटायो । मोदीले नेपाली जनमानस थला पारेपछि यो वर्ष सद्भावना भ्रमण भन्दै मुखर्जी आए तर, संविधान संसोधनमा यसो गर, उसो गर, मोर्चालाई सहमतिमा ल्याउ, मलाई यी कुरामा चित्त बुझेको छैन भन्दै सद्भावना भ्रमणमा आउने तर, नेपालीहरुलाई जिस्क्याउने काम गरे । सद्भावना भ्रमणमा आए जनकपुर गए यसले धार्मिक पर्यटनलाई टेवा दिन्छ, पोखरा जाँदा पर्यटनलाई फाइदा पुग्छ । तर, नेपालमा संविधानले आकार लिंदै कार्यान्वयनतर्फ अघि बढ्दै गर्दा यसो गर उसो गर भन्दै संविधानमा अझै भारतीय असन्तुष्टी रहेको सन्देश मात्र दिएनन् । संविधानमा सुधार रहेको भन्दै नेताहरुलाई दबाब दिन पुगे । यसले भारतीय आँखाले नेपाललाई हेर्ने विश्वका शक्तिराष्ट्रलाई नेपालबारे उत्पन्न गराउने भ्रमको जिम्मा कसले लिन्छ ?

comments powered by Disqus