थाइल्याण्डको बैङ्कमा बस्दै आइरहेका पूर्वयुवराज पारस शाह अवैध लागूऔषध कारोबारमा संलग्न रहेको अरोपमा पक्राउ परेका छन् ।
पटक–पटक अवैध लागूऔषध कारोबारमा समातिँदै आएका शाह बुधबार दिउँसो फेरि बैंककमा पक्राउ परेका छन् । थाई समाचारका अनुसार पारसका साथबाट पार्सलका लागि प्याकिङ गर्ने साइजमा ५.८ ग्राम परिणामका गाँजाका पोका बरामद गरिएको त्यहाँको प्रहरीले जनाएको छ । त्यस्तै लागू पदार्थ प्रयोग गरिएको हरियो रंगको प्लाष्टिक ट्युव र थप दुईवटा त्यस्तै प्लाष्टिकका ट्युव प्रहरीले बरामद गरेको जनाइएको छ ।
सो समाचारका अनुसार पारसका साथबाट प्रहरीले सेतो नम्बर प्लेटको बीएम डब्ल्यु कार र त्यसमा राखिएको लागू पदार्थ बरामद गरेको हो । पक्राउपछि थाई प्रहरीले उनलाई अपराधीका रुपमा हत्कडी लगाएर सार्वजनिकसमेत गरेको छ । साहलाई अबैध लागू औषध कारोबारमा मुद्दा अघि बढाएको बताइएको छ ।