दस माओवादी घटकबीच एकता मार्फत नेकपा माओवादी केन्द्रको गठन भयो । माओवादी केन्द्र गठनसँगै केन्द्रीय महाधिवेशन आयोजक समिति एक हजार जनाको हुने भएको छ । पार्टी एकतापछि पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्यहरुको चयन हुन सकेको छैन ।
किन जाँदैछन् प्रचण्ड १५ दिनका लागि चीन ?
माओवादी केन्द्रमा विशेषगरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछिको दोस्रो नेता रामबहादुर थापा वादल कि नारायणकाजी श्रेष्ठ हुने भन्ने बहस कायमै रहेको छ । जम्बो केन्द्रीय समिति बनाएको भन्दै नेतृत्वको आलोचना भइरहको बेला माओवादी केन्द्रका हेटक्वार्टर सदस्य मणि थापासँग नेपाली हेडलाइन्सले गरेको कुराकानी–
Mani Thapa (1)मणि थापा
नेता, नेकपा माओवादी केन्द्र
माओवादीभित्र पद र प्रतिष्ठाको बहस
अहिले राजनीतिक दलका नेताहरुप्रति जनताको सकारात्मक दृष्टिकोण छैन् । नेताहरु बढी महत्वकांक्षी र व्यक्तिवादी भएका छन् । माओवादीका विशिष्ट समस्या छन् । यो समस्या समाधान नगर्ने हो माओवादी कोर्ष अगाडि नबढ्ने देखिन्छ । संगठनात्मक सिद्धान्तमा कम्युनिष्टहरुले मिस्टेक गरेका छन् । माओवादी आन्दोलनभित्र पद र प्रतिष्ठाको बहस भइरहेको छ । माओवादी केन्द्रमा पदको सङ्ख्या अनुसारकै व्यवस्थापन गर्न नसक्ने हो भने चुनौतीको रुपमा आउने देखिएको छ । रुपान्तरण सहितको व्यवस्थापन गर्ने हो भने समस्या समाधान पनि हुन्छ । विचारमा कम्युनिष्टहरुले गल्ती गरेका छैनन् ।
Mani Thapa (2)
जनताको पक्षमा काम गर्न पनि कम्युनिष्टहरुले गल्ती गरेका छैनन् । आन्दोलनमा रगत र पसिना बगाउन पनि गल्ती गरेका छैनन् । संगठनमा आउँदा कम्युनिष्टहरु असफल भएका छन् । नेता चुन्ने र नेता बनाउने प्रक्रियामा गलत छ । कम्युनिष्ट आन्दोलन पद,प्रतिष्ठा र नेतृत्वमा आएर ठक्कर खादै आएको छ ।
पार्टीभित्र अन्तर्राष्ट्रिय प्रवृत्ति
पदाधिकारी चयनमा हाम्रो गृह कार्य पुगेन । दस पार्टीबीच एकता गरेर नयाँ सन्देश दिइसकेका छौं । दस पार्टीहरु एकै ठाउँमा आएर भिन्नभिन्नै सोच विचार भएका एकले अर्कोलाई गद्दार दलाल भन्नेसम्मका पार्टीहरुको वैचारिक सहमति भयो । त्यो नै महत्वपूर्ण कुरा हो । टुङग्याउन नसकिने विषय केही पनि छैनन् । आकाँक्षीहरु धेरै छन् । कुनै पार्टीगत मुल्याकंन होइन, कम्युनिष्ट आन्दोलनको धारामा इतिहासको मुल्याङकन गरिनुपर्छ । इतिहासमा भएका गल्ती कमीकमजोरीहरु सच्याउनु पर्छ । इमान्दार र क्रान्तिकारी मानिसहरु देखिनु पर्छ । पार्टीभित्र राष्ट्रिय प्रवृत्ति मात्र होइन अन्तर्राष्ट्रिय प्रवृत्तिहरु पनि छन् । राष्ट्रिय÷अन्तर्राष्ट्रिय कारणले पनि समयमा निर्णय गर्न नसक्नु कारण बनेको छ ।
पदाधिकारीमा नारायणकाजी–वादल बहस
एकता संमायोजन समितिको बैठकमा स्वयंम नारायणकाजी श्रेष्ठले वादलजीको अधिनस्तमा बस्न लागि मलाई कुनै समस्या छैन । वादल र श्रेष्ठलाई जोडेर जे टक्कर देखियो त्यो होइन भनेर श्रेष्ठले भन्नुभएको छ । बादलजी मेरो गुड फ्रेन्ड हो । अहिले पार्टी भन्दा बाहिर पनि राम्रो सम्बन्ध छ । अनावश्यक रुपमा उचालिएको छ । हाम्रो बीचको टक्करको रुपमा नबुझियोस भन्ने श्रेष्ठले आग्रह नै गनुभएको छ । वादलले पनि पार्टीले जे निर्णय गर्छ स्वीकार गर्छु भनिसक्नु भएको छ । दोस्रो नेताको रुपमा निर्णय गरेपनि मलाई स्वीकार्य हुन्छ । न्यायिक र इतिहासको मुल्याङ्कन हुनु पर्छ भनेर वादलले भन्नुभएको छ । वादलजी पार्टी विभाजन गरेर संयोजक भएर पार्टी एकतामा आउनुभएको छ । पार्टीको सङ्ख्याको आधारमा होइन पार्टीको विचार र संगठनात्मक रुपमा अगाडि बढ्नु पर्छ ।
पदमै रुमलिए एकताको अर्थ रहदैन
पार्टीभित्र संमायोजन पनि समान आधारमा हुनुपर्छ । तर सन्तुलनको नाममा माओवादी केन्द्रको बनेको होइन । नेता पद र स्वार्थको व्यवस्थापन गर्न मात्र माओवादी केन्द्र बनेको सन्देश गयो भने एकताको धेरै अर्थ रहदैन । सबै नेताहरु गम्भीर हुनुपर्छ । जनता र राष्ट्रप्रति इमान्दार हुनुपर्छ । केही समयपछि नै पार्टी बहुपदिय प्रणालीमै जान्छ । पार्टी एकतापछि जनता खुसी छन् । कार्यकर्ता खुसी छन् । सहिद तथा वेपत्ता परिवार खुसी छन् । पार्टीभित्र लडेर आएकाहरुले मात्र सबै परिवर्तन गरेको हो भनेर दावा गर्नु हुँदैन । तर अहिलेको परिवर्तन जनयुद्धले आएको भन्ने स्वीकार चाँही गर्नुपर्छ । यो माओवादी केन्द्र बनाउदै कम्युनिष्ट केन्द्रको रुपमा पनि रुपान्तरण हुन सक्छ । समग्र कम्युनिष्टलाई ल्याउने अभियान हो ।
टाउका जोडेर माओवादी केन्द्र बन्दैन
टुटी फेरियो । ट्याङकीभित्रको फोहोरमा अझै प्रवेश गरिसकेका छैनौं । माओवादी नेताका टाउका जोडेर माओवादी केन्द्र बन्दैन । आन्दोलन बन्दैन । टाउको त जोडियो । तर हामीले चाहेको त रुपान्तरण हो । सिंगो देशको रुपान्तरण हो । परिवर्तनलाई संस्थागत गर्ने आन्दोलन हो । संविधान बहिष्कार गरेको ठूलो शक्ति पार्टी एकतामा आएको छ ।
Mani Thapa (3)
संविधानसभालाई स्वीकार गर्ने÷नगर्ने शक्तिबीच सम्झौता भएको छ । अहिलेको संविधान र गणतन्त्र पूरा भएको छैन । राष्ट्रियता कमजोर भएको छ । जनताको समस्याप्रति सरकार बेखबर छ । अहिलेको परिवर्तन गर्न यथास्थितिवादी एमाले र कांग्रेसले सक्दैनन् । पार्टीमा टयाङ्की सफा गरेर शुद्ध पानी खाने व्यवस्था नगरेसम्म वातावरण बन्दैन । अब पार्टीमा शुद्धिकरण अभियान चलाउनु पर्छ ।
नेतृत्वबाटै रुपान्तरण गर्नुपर्छ
दस बर्षमा माओवादी आन्दोलन विचलन, विर्सजन र विघटनमा जसरी गयो । अब यसलाई सुधार गरेर लैजानु पर्छ भनेर नै पार्टीहरुबीच एकता भएको हो । यो सबैले आत्मसमिक्षा गरेका छौं । माओवादी पार्टीभित्र सांस्कृतिक क्रान्ति नगरी पार्टीले गति लिदैन । नेतृत्वबाट सच्याउनु पर्छ । कार्यकर्तामा जागरण ल्याउनु पर्छ । प्रचण्डबाट मात्र रुपान्तरण गरेर मात्र पुग्ने अवस्था छैन् । सबैले सच्चिएर अगाडि जानुपर्ने आवश्यकता छ । सबैले हिम्मत गर्ने हो भने सच्याउन नसकिने केही छैन् । यदी यस्तो भएन भने माओवादी आन्दोलनको भविष्य अझै पनि अन्धकार छ ।
प्रचण्ड अब रोल्पा रुकुम जानु पर्दैन
अध्यक्ष प्रचण्ड अब रोल्पा रुकुम जानु पर्दैन । किनकी एक हजार जनाको केन्द्रीय सदस्य बनिसक्यो । प्रचण्डले केन्द्रीय महाधिवेशन आयोजक समितिको सही व्यवस्थापन गर्दा अब पहिलो पार्टी निर्माण गर्न सकिन्छ । नेताहरुले दलाल प्रवृत्ति त्यागेर जनताको पक्षमा काम गर्नु पर्यो । आकाशतिर फर्किएको पार्टी होइन जनतातिर फर्किएको पार्टी बनाउनु पर्छ । यसको लागि नेताहरुको ठूलो प्रतिबद्धता आवश्यक छ । त्यो प्रतिबद्धता नभएसम्म माओवादीको अगाडि खडा भएको चुनौतीको सामना गर्न सक्दैन । सबै नेताहरु गाउँगाउँ फर्कनु पर्छ । शान्ति प्रक्रियामा आएपछिकै प्रवृत्तिहरु दोहोर्याउने हो भने माओवादी केन्द्र बन्न सक्दैन ।
चन्दा उठाएर पार्टी चल्दैन
माओवादी केन्द्र भनेको उत्पादनसँग जोडिएको पार्टी बनाउनु पर्छ । अब चन्दाका पार्टी चल्दैनन र चन्दा उठाउनु पनि हुँदैन । महाधिवेशनमा उठाउनु एउटा पाटो हो । तर चन्दाको पार्टी बनाउनु हुँदैन । पार्टीमा तलबधारी नेता हुनु हुँदैन । सबैले उत्पादन मार्फत आत्मनिर्भर हुनुपर्छ । आफ्नै आर्थिक जगमा उभिएको पार्टी गठन गर्नु आजको चुनौती हो । दस बर्षसम्म रुमलिएको माओवादीलाई रातारात परिवर्तन हुँदैन । सबैले मेहनत गर्ने हो भने पाँच बर्षमा सच्याउन सकिन्छ । अब नाराको पार्टीलाई कसैले पनि विश्वास गर्दैन । काम दिने पार्टीलाई मात्र विश्वास गर्छन । रोजगारी दिने पार्टीलाई मन पराउँछन् ।
प्रचण्डलाई प्रचण्ड धोका, केपी ओलीले यस्तो कुटिल जवाफ !
वैद्य र विप्लवले मिस गर्नु भो
वैद्य र विप्लव पनि माओवादी केन्द्रमा आउने सम्भावनाको ढोका बन्द भइसकेको छैन। समयले माग गर्छ । यसमा जुंगाको लडाइँ छ । इतिहासको मुल्याङ्कनको नाममा बढता जडता छन् । केही महत्वकांक्षा छन् । जो तत्काल मिल्न सकेन । इतिहास र वर्तमानलाई मुल्याङ्कन गर्न उहाँहरुले मिस गर्नु भो । माओवादी केन्द्रले परिवर्तनलाई आत्मसाथ गरेकाले अझै पनि बाहिर नहुँदा राम्रो हो ।