पाकिस्तानलाई सार्क राष्ट्रबाट अगल गर्नुपर्छ
सार्क नेपालजस्तो देशको लागि निकै महत्पूर्ण संगठन हो । नेपालको समृद्धि छिमेकीहरुसँग सम्बन्ध सुधार गरेर विकास निर्माण गर्नु सार्कको मुख्य उदेश्य थियो । तर दुर्भाग्य जसरी अहिले पाकिस्तानमा हुने भनिएको सार्क सम्मेलन पाकिस्तान र भारतबीच विवादको कारण स्थगित भएको छ । भुटान माल्दिभस अफगानिस्तान बंगलादेशले सार्क सम्मेलन बहिष्कार गर्ने अवस्था बन्न गयो ।
rajkishor-yadav-interview-1राजकिशोर यादव
अध्यक्ष, मधेसी जनअधिकार फोरम गणतान्त्रिक
यसको बारेमा नेपालले गम्भीर भएर सोच्नु पर्ने बेला आएको छ । अध्यक्ष राष्ट्रको हैसियतले निकै सोचनिय विषय हो । हाम्रो परराष्ट्र नीति पनि असंग्न परराष्ट नीति हो । नेपालले कुनै पनि प्रकारको आतकंवादको गतिविधिलाई बढवा दिनु हुँदैन भन्ने स्पष्ट दृष्टिकोण राख्दै आएको छ । नेपालले अहिलेसम्म शान्ति क्षेत्र होस भनेर काम गरिरहेको मूलुक हो । नेपालले अब मूल रुपमा आतंकवादको विरुद्धमा आवाज उठाउनु पर्छ । आतङकवादलाई सहयोग गर्ने कुन नै कुनै मूलुकलाई यो सार्कबाट अगल गराउनु पर्छ । आतङकवाद यस्तो रोग हो यो फैलिदै जान्छ । भोली यो आतङकवादको चपेटामा हामी पनि पर्न सक्छौं ।
पाकिस्ताले आतङकवादलाई बढवा दिदै आएको छ
अहिले भारत र पाकिस्तानको मात्र विवादको मुद्धा होइन । भारत लगायतका देशहरुले जे मुद्धा उठाएका छन् । यो ठिक छ । पाकिस्तानले भारतमा मात्र होइन अफगानिस्तानमा आतङवाद बढाउन मद्दत गर्दै आएको छ । बंगलादेश र पाकिस्तानबाट छुटिएको हुनाले उसले पनि तनाब झेल्दै आएको छ । नेपालले भारतसँग विशेष खालको सम्बन्ध भन्दै आएको हो । यो पछिल्ला गतिविधिहरु पकिस्तानबाट भारतमाथि भयो । भारत माथि मात्र भएन असल छिमेकीमाथि पनि भयो । यो मानता विरोधी कदम पाकिस्तानले रोक्नु पर्छ । नेपालले स्पष्ट रुपमा परराष्ट नीति अनुसार अगाडि बढ्नु पर्छ । पाकिस्तान बाहेक सार्कको कल्पना गर्नुपर्छ र नेपालले भुमिका खेल्नु पर्छ । नेपालले पहलकदमी लिनुपर्छ ।
आतङ्कवाद र मित्रता सँगसँगै जान सक्दैन्
आतकङवाद र मित्रता सँगसँगै जान सक्दैन । सार्क भनेको साउथ एसियका मूलुकहरु आपसमा दुई पक्षिय त्रिपक्षीय सहयोगहरु अगाडि बढाउनको लागि हो । एक अर्कोको दुःख–सुखमा साथ दिनको लागि बनेको हो । यो मित्रता हो । असल नियतको साथ दुःख–सुखमा साथ दिनको लागि बनेको हो । पाकिस्तान जसरी आतंकवादलाई बढ्वा दिएको छ । नेपाल पाकिस्तान विरोधी भन्दा पनि आतङकवाद विरोधी हो । तत्काल नै पाकिस्तानलाई अलग गर्नु नै अहिलेको लागि राम्रो कदम हो । नेपालले यसको नेतृत्व लिन सक्नु पर्छ । नेपाल शान्ति क्षेत्र घोषणा गरेर अगाडि बढेको थियो । आतङवादको विरुद्धमा खडा हुनुपर्छ । गलत गतिविधि समाज र मानवताविरोधी गतिविधि छ । सदभावना र मित्रता खलल पुर्याउने गतिविधि रोक्नु पर्छ ।
मान्छे मर्ने नेपाल टुलुलुटु हेरर बस्न सक्छ ?
भारत हाम्रो असल छिमेकी हो । नेपाल र भारतबीच ऐतहासिक सम्बन्ध रहदै आएको छ । पाकिस्तानले आतङकवादी गतिविध गरिरहने मान्छे मर्ने नेपालले टुलुटुलु हेरर बस्न सक्छ ? नेपाल मुकदर्शक भएर बस्न सक्दैन । भारतमा लागेको त्यो आगो हामीतिर सर्यो भने हामीलाई कसले साथ दिन्छ ? हामीले अहिले अरुको लागि बोलिदिएन भने हामीमाथि आइपर्यो भने कसले बोलिदिन्छ ? गतललाई गलत र सहीलाई सही भन्न सक्नुपर्छ । नेपाल र भारतबीच खुल्ला सीमाना छ । खुल्ला सीमानको कारण हामी पनि प्रभावित हुन्छौ । नेपालले अब हाम्रो रक्षाको लागि पनि कदम चाल्नु पर्छ । भारतमा आगो लाग्यो भने त्यसबाट हामी मुक्त हुन सक्छौ त ? भारत ठूलो देश हो पाकिस्तानसँग लडन सक्छ । कमजोर मूलुकमाथि भयो के गर्ने ? पाकिस्तान गलत हो भन्ने आट नेपालले गर्न सक्नु पर्छ । यसले नेपाल विश्वमा शान्ति क्षेत्र चाहने पुष्टि गर्छ । अरु मुलकुले गर्यो भने पनि हामी साथ दिन सक्दैनौ । संयुक्त राष्टसंघ युएनले पनि कुरा गरेका छन् ।
rajkishor-yadav-interview-2
अब नेपालले रोल खोल्ने कि नखेल्ने ?
हामीले कुनै प्रकारका आतङकवादी गतिविधिलाई सार्कको कुनै पनि देशले बढवा दिन्छ भने त्यसको विरुद्धमा खडा हुनुपर्छ । पहिचान गरेर विरोध गर्नुपर्छ । नेपाल अध्यक्षराष्ट्र भएको हुनाले पाकिस्तानसँग स्पष्ट कुरा गर्नुपर्छ । आतंकवादीहरु त्यहाँ बसेर गतिविधि गरिरहेको छन् । पाकिस्तानले त्यसमाथि गतिविधि कारवाही गर्यो भने सम्बन्ध अगाडि बढाउन सकिन्छ । युएनले पनि पटक–पटक पाकिस्तानमा भएका आतङवादीलाई कारवाही गर्न आग्रह गर्दै आएको छ । तर कारावही भएको अवस्था छैन । पाकिस्तानले कि त आङकवाद रोज्नु पर्छ कि त मित्रता रोज्नु पर्छ ।
प्रधानमन्त्रीलाई योगेश भट्टराईको चुनौती, ‘हिम्मत छ भने हिन्दीलाई राष्ट्रभाषा बनाएर देखाउ’
जो सुकैमाथि प्रतिवन्ध लागोस, हामी पालन गर्छौ: अभिताभ