दोस्रो पटक सरकारको नेतृत्व सम्हालेपछि तीन महिना अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए–यस पटक जसरी पनि परिणाम निकाल्छु, जनताको पक्षमा काम गुर्छ, यो अवसरलाई सदुपयोग गर्छु ।’ प्रचण्डले सिंहदरवारमै बसेरै परिणाम निकाल्ने गरी सरकारका सचिवलाई कार्ययोजना पेश गर्नको लागि निर्देशन दिए । सरकारको नेतृत्व सम्हालेको केही दिनपछि निकै आक्रमक रुपमा काम थालेका प्रचण्ड पार्टीभित्रबाट बढी आलोचित र घेराबन्दीमा परेका छन् ।
कहाँ गायव भइन् उत्तर कोरियाली तानशाहकी पत्नी ! यस्तो अनुमान
प्रचण्डको अगाडि संविधान कार्यान्वयन कार्यान्वय, संविधान संशोधन निर्वाचन, संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव लगायतका राष्ट्रिय मुद्धा चुनौतीको रुपमा अगाडि छन् । भारतीय राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणको क्रममा सार्वजनिक विदा दिने निर्णयले पनि प्रचण्डको निकै आलोचना भएको छ । प्रचण्ड सरकार नेतृतव सम्हालेको तीन महिना पुगेपनि जनताले अनुभव हुने गरी कुनै परिवर्तन गर्न सकेका छैनन् । तीन महिनाको अवधिमा प्रचण्डले गरेको कामको कारण प्रचण्ड चौथर्फी रुपमा आलोचित र आफ्नै पार्टीभित्रबाटै घेरावबन्दीमा परेका छन् ।
prachanda in tension mood
फाइल तस्बिर
परिवारवादमा रमाउँदै प्रचण्ड
सरकारको नेतृत्व सम्हालेपछि प्रचण्डले सचिवालय विस्तार गर्ने क्रममा आफ्नै छोरा प्रकाश दाहाललाई स्वकीय सचिव बनाउने निर्णय गरे । पार्टीले गरेको संस्थागत निर्णयको विरुद्ध प्रचण्डले आफ्नै छोरा प्रकाशलाई नियुक्ति गरेपछि उक्त निर्णय फिर्ता लिनको लागि पार्टीका नेताहरुले सुझाव दिएका थिए । तर प्रचण्डले उक्त निर्णय फिर्ता नलिने अडान लिए । प्रकाशको पार्टीभित्रबाटै आलोचना भएपनि प्रचण्डले एक कानले सुनेर अर्को कानले उडाए ।
prachanda with prakash
पटक–पटक विवादमा तानिएका प्रकाशको कारणले प्रचण्ड स्वयमले पनि बारम्बार सास्ती खेप्दै आएपनि पार्टीमा योग्य र क्षमतावान व्यक्तिको सट्टा छोरा प्रकाशलाई नै रोजे । यो विवाद सेललाउन नपाउदै प्रचण्डलाई पार्टीमा अन्य नेताहरु विश्वास नभएको कारण पुनः भाई नारायण दाहाललाई प्रशासनिक सल्लाहकारमा नियुक्त गरेर प्रचण्ड परिवारवादमा रमाउँदै आएका छन् । पार्टीभित्रबाट आलोचना भएपनि प्रचण्डले खासै वास्ता गरेका छैनन् ।
प्रचण्डको पक्षमा बोल्ने नेताकै अभाव
प्रचण्डको एकपछि अर्को निर्णय व्यक्ति केन्द्रीत भएको भन्दै आफू निकट नेताहरुले पनि सरकारको पक्षमा खुलेर बोलेका छैनन् । प्रचण्डको पक्षमा अहिले थोरै मात्र नेता रहेका छन् । प्रचण्ड निकट मानिएका नेताहरु पनि प्रचण्डको कामप्रति सन्तुष्ट बन्न सकेका छैनन् । गोवा भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सिजिन पिङसँग भएको भेटवार्ताको पनि पर्याप्त प्रचार र चर्चा हुन सकेन । उक्त भेटेको पनि प्रचण्ड एक्लैले सामाना गरेका थिए । निकै बहुआयामिक भ्रमण भएपनि माओवादीका नेताहरुले उक्त भेटको बारेमा खुलेर बोल्न चाहेनन् । आफू निकट नेताहरु पनि भारत भ्रमणको बारेमा एक शब्द खर्च गर्न चाहेनन् । प्रचण्डले अगाडि सारेको त्रिदेशीय साझेदारीको महत्वपूर्ण विषयको पनि पार्टीका नेताहरुले सरकारको पक्षमा खुलेर बोलेका छैनन् । सरकारले गर्न खाजेको संविधान संशोधनको विषयमा पनि पार्टीका नेताहरुले सरकारलाई टेवा पुग्ने गरी बोलेका छैनन् ।
आक्रोश र चरम निराशामा वादल
पार्टी एकता भएको झण्डै एक महिनापछि प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री भए । प्रचण्डले पार्टीको संस्थागत निर्णय गरेर सरकार सञ्चालन गर्ने अपेक्षा एकता प्रक्रियाबाट आएको रामबहादुर थापा वादल पक्षले दिएको थियो । तर सरकार गठन भएको तीन महिनाको अवधिमा प्रचण्डले पार्टीको संस्थागत निर्णय भन्दा पनि व्यक्तिगत निर्णय गरेर अगाडि बढ्दै जान थालेपछि आक्रोश र चरम निराशामा वादल देखिएका छन् ।
देउवाको दिल्ली दौडले उब्जिएका २ खतराः गोवाबाट चीनलाई चिढ्याउँदै देउवा
प्रचण्डले वादलललाई संगठन विभागको जिम्मेवारी दिएका छन तर पार्टीको बारेमा कुनै सल्लाह गर्ने गरेका छैनन् । पछिल्लो समयमा प्रचण्डले पार्टीभित्र सल्लाह समेत गर्न छोडेका छन् । प्रचण्डले सरकारले गर्ने राजनीतिक नियुक्तिमा पनि एकलौटी रुपमा अगाडि बढन खोजेपछि वादल पनि प्रचण्डसँग असन्तुष्ट भएका छन् ।
वालुवाटारमा प्रकाशको अगाडि सबै निरीह
प्रधानमन्त्रीको सचिवालयमा छोरा प्रकाशको हैसियत स्वकीय सचिव मात्र हो । प्रकाश भन्दा माथि धेरै सल्लाहकारहरु छन् । तर प्रकाशको अगाडि सचिवालयमा रहेका सबै निरीह बन्ने गरेका छन् । प्रमुख स्वकीय सचिव जोखबहादुर महरा, राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, प्रेस सल्लाहकार गोविन्द आचार्य, परराष्ट्र सल्लाहकार ऋषि अधिकारी सबैले प्रकाशसँग परामर्श नगरी कुनै निर्णय गर्न सक्दैनन ।
Bina Magar with Prakash dahal 1
प्रधानमन्त्रीसँग हुने सबै भेटघाट प्रकाश माफर्त हुने गरेका छन् । सचिवालयमा रहेकाहरु काम विहीन भएका छन् । प्रकाशले आफूलाई मन नपर्ने व्यक्तिलाई प्रधामन्त्रीसँग समय नभएको भन्दै फर्काउने गरेका छन् । सचिवालयमा रहेकाहरुले पनि प्रधानमन्त्रीसँग भेटनको लागि प्रकाशसँग अनुमति लिनुपर्ने अवस्था छ । प्रकाशको अगाडि प्रमुख स्वकीय सचिव महरा नै निरीह बन्ने गरेका छन् । केही सानो काम पर्यो कि प्रकाश कता हुनुहुन्छ भनेर खोजी गिर्ने गरेको सचिवालयमा एक सदस्य बताउछन् ।
खुलेरै प्रचण्डको विरुद्धमा नारायणकाजी
माओवादीबाट मोहन वैद्य र बाबुराम भट्टराईले पार्टी छोडेर नयाँ पार्टी गठन गरेपछि पार्टीभित्र प्रचण्डको एक्ला विरोधी नारायणकाजी श्रेष्ठ देखिएका छन् । प्रचण्डको हरेक निर्णयमा श्रेष्ठले असहमति जनाएपछि प्रचण्डले सुनेको नसुन्झै गर्दै आएका छन् ।
Prachanda-narayan kaji
श्रेष्ठले ओली सरकार ढाल्न नदिनको लागि प्रचण्डसँग ठूलै लडाइँ गरेपनि अन्ततः असफल भएका थिए । श्रेष्ठले प्रचण्ड प्रधानमन्त्री हुनेपनि कार्यवहाक अध्यक्ष आफूले पाउनु पर्ने दावी गरेका थिए । त्यो पनि प्रचण्डले मानेनन । अहिले सरकारको पक्षमा बोल्नु पर्ने श्रेष्ठ सरकारको हरेक निर्णयको विरुद्धमा अभिव्यक्ति दिदै हिडेका छन् ।
प्रचण्डको साथमा पुन, शर्मा र महरा
पछिल्लो समयमा प्रचण्डको दाहिने हातको रुपमा नेता बर्षमान पुन देखिएका छन् । सरकार ढाल्न भूमिका खलेका पुनले अहिले प्रचण्डको विश्वासपात्र मानिन्छ । पुन बिहानदेखि बेलुकासम्म नै वालुवाटारमै रहेर प्रचण्डलाई सघाउदै आएका छन् । प्रचण्डको निकट रहेका जनार्दन शर्मा उर्जा मन्त्री छन भने कृष्णबहादुर महरा अर्थ मन्त्री रहेका छन् । यस अघि प्रचण्ड निकट रहेर सघाउँदै आएका अग्नी सापकोटा, शक्ति बहादुर बस्नेत, टोपबहादुर रायमाझी लगायतका नेताहरु भने अहिले प्रचण्डसँग रुष्ट भएका छन् । ओली सरकार ढाल्नको भुमिका खेलेका नेता गोपाल किरातीले प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै केन्द्रीय कार्यालयको सदस्यबाट राजिनामा दिएका छन् ।
अपत्यासितः मुखर्जी पोखरा जानु अघि भयो कहिल्यै नभएको घटना