माओवादीले महिला


SUBMITTED BY: parso

DATE: Nov. 5, 2016, 9:24 p.m.

FORMAT: Text only

SIZE: 3.0 kB

HITS: 394

  1. नेकपा माओवादी केन्द्रमा सभामुख ओनसरी घर्ती सहित २९ जना सांसद रहेका छन् । समानुपातिक र समावेशीताको जन्मदाता माओवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एक जना पनि क्याविनेट महिला मन्त्री बन्न सकेनन । पार्टीले समानुपातिक र समावेशी ढंगले मन्त्री छनोट गर्ने निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई दिएका थिए । तर अन्तिम समयमा आएर प्रचण्डले क्याविनेटमा एक जना पनि महिला मन्त्री छनोट नगरेपछि माओवादीभित्र विवाद र बहस जन्मिएको छ ।
  2. चिनियाँ मिडियामा महराको अन्तर्वार्ता- चीनसँग अझ मजबुद सम्बन्ध !
  3. जनयुद्धमा समयमा काखमा बच्चा च्यापेर चौकी कब्जा गर्न सक्षम भएपनि अहिले अवसर नीति निर्माण पुग्ने ठाउँमा पार्टीले आफूहलाई अन्यया गरेको गुनासो महिला सांसदहरुले गरेका छन् । माओवादीले यस अघि सहभागी हरेक सरकारमा महिलालाई क्याविनेट मन्त्री बनाएको थियो । तथ्याङक अनुसार नेपालमा ५१ प्रतिशत महिलाहरुको जनसंख्या रहेको छ ।
  4. प्रचण्डले एक शर्त पुरा गरे भारतीय राष्ट्रपति नेपाल आउने
  5. क्याविनेट मन्त्री नबनाए पनि प्रधानमन्त्री प्रचण्डले महिलाहरुको चित्त बुझाउन दुई जना महिलालाई राज्य मन्त्री बनाएका छन् । पार्टीबाट महिलाको तर्फबाट मन्त्री बन्ने पहिलो सूचिमा रहेकी सीता नेपाली यस पटकको मन्त्रीमण्डल विस्तारमा परिनन् ।
  6. sita nepali samsad
  7. अब माओवादीले पाएको आठ मन्त्रालयमा मन्त्री छनोट गरेर सपथ पनि भइसकेको छ । यसै सन्र्दभमा माओवादीका सांसद सीता नेपालीसँग नेपाली हेटलाइन्सका लागि प्रयास पराजुलीले गरेको कुराकानीः
  8. पार्टीको निर्णयलाई कसरी लिनु भएको छ ?
  9. –के भनौ र खै ? निर्णय गर्ने ठाउँमा हामी थिएनौ । हामी भैदिएको भए यस्तो हुँदैनथ्यो ।
  10. अहिले कस्तो लागेको छ ?
  11. –समानुपातिक समावेशीताको जन्मदाता माओवादी हो । सत्ता र नीति निर्माण गर्ने ठाउँमा पार्टीले महिला सहभागीता गराएन । पार्टीको निर्णय महिलाप्रति उपहास हो । यो निर्णयले उत्पीडित वर्ग जाति क्षेत्रको उपहास गरेको छ ।
  12. मन्त्री छान्न मापदण्ड पनि बनाएको थियो नि होइन ?
  13. –यो नेताहरुलाई सोध्दा राम्रो । योग्यताको मापदण्ड के अयोग्यताको मापदण्ड के ? संविधान निर्माण गर्यौ । संविधान जारी गर्यौ । पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै आएका छौ । संविधानले हरेक क्षेत्रमा महिला लगायतका उत्पीडितहरुलाई समानुपातिक र समावेशी गर्नुपर्ने व्यवस्था गरेको छ ।
  14. त्यसो हो भने माओवादीले संविधानकै उल्लघन गर्यो भन्न खोज्नु भएको हो ?
  15. –यो त व्यवहारमा देखिनै सकियो नि । संविधानमा भएको कुरा पनि पार्टीले ख्याल गरेन । कम्तिमा पनि एक जना महिला मन्त्री पार्टीको तर्फबाट क्याविनेटमा हुनु पर्दथ्यो । म हुनुपर्छ भन्ने थिएन । तर एक जना हुनुपर्छ भन्ने अन्तिमसम्म आशा थियो । तर त्यो आशा निराशामा परिणत भएको छ ।
  16. तपाईलाई व्यक्तिगत हिसाबमा के लागेको छ ?
  17. –हामी महिला सांसदहरुलाई धेरै नमिठो लागेको छ । सबै भन्न मिल्छ र ?
  18. महिला सांसदमाथि मन्त्री बन्न मापदण्डको प्रश्न पनि उठाइयो नि ?
  19. –हाम्रो योग्यता र क्षमता भएरै पार्टीले सांसद बनाएको हो । सबै नेताहरुले चिनेरै जिम्मेवारी पनि दिएको हो । पार्टीमा सबैको आ–आफ्नो भूमिका छ ।
  20. अब के गर्नुहुन्छ ?
  21. –के गर्नु ? पार्टीमा कुरा उठाउछौ । महिला सांसदहरुमाथि अन्याय भयो । आगामी दिनमा यस्तो नहोस आशा गरौं । समानुपातिक र समावेशीताको जन्म दाता र भरोषा गरेको माओवादीले महिलालाई क्याविनेट मन्त्री बनाउन सकेन । मन्त्री छनोट गर्दा समावेशी समानुपातिक मात्र होइन क्षेत्रीय सन्तुलन पनि मिलाइएको छैन ।

comments powered by Disqus