बोमलाल गिरी


SUBMITTED BY: parso

DATE: Nov. 7, 2016, 7:36 a.m.

FORMAT: Text only

SIZE: 970 Bytes

HITS: 227

  1. भारतीय नाकावन्दी पछि उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा दुई पटक भारत गए । दोस्रो पटक जाँदा भारतसँग केही सम्झौताहरु गरेको कुराहरु पनि सार्वजनिक भएका छन् । उनी फर्के लगत्तै मधेस केन्द्रीत दलका नेता भारत भ्रमणमा छन् । मन्त्री थापाले कस्तो सम्झौता गरे अनि भारत र मधेसी मोर्चाका नेताबीचको छलफल पछि नाकावन्दीको अवस्था के होला ? प्रस्तुत छ यसै सन्दर्भमा बोमलाल गिरीले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापासँग गरेको कुराकानीः
  2. दोस्रो पटक भारत भ्रमण गरेर आउँदा भ्रमण फलदायी भएको बताउनु भएको थियो । तर जनताले महसुस गर्ने गरी अहिलेसम्म परिणाम देखिएको छैन । अनि भ्रमण कसरी फलदायी भयो ?
  3. नेपालको आन्तरिक मामिलामा भारत सरकारसँग बहस गर्ने छलफल गर्ने, नीति निर्माण गर्ने कुरा हुन्न । नेपालको राजनीति नेपाली जनता र नेपाली राजनीतिक दलले नै निर्णय गर्ने हो । म दुई पटक नै भारत भ्रमण गर्दा भारतीय नेताहरुसँग गहन र खुल्ला रुपले छलफल गरेको छु । भारतमा रहँदा एक पटक होइन पटक पटक भारतीय विदेश मन्त्रीसँग छलफल गर्ने मौका पाए । कतिपय कुराहरुमा भ्रम निराकरण गर्न सहयोग पुरयाएको छु ।

comments powered by Disqus