जंगबहादुर राणा वा जङ्ग बहादुर कुँवर राणाजी नेपालका प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। कोतपर्वको नरसंहार पश्चात शक्तिशाली भएका जङ्गबहादुर राणा भण्डारखाल पर्व पश्चात राजसंस्था भन्दा शक्तिशाली भए। यिनको पालमा अङ्ग्रेजसंगको लडाईंमा गुमेको मध्ये यिनले अङ्ग्रेजलाई खुसी पारी राप्तीदेखि महाकाली सम्मको तराई हालको बाँके, बर्दीया, कैलाली तथा कंचनपुर पुन नेपालमा फर्काइएको थियो।
प्रधानमन्त्री जंगबहादुर राणा
बालनरसिंह कुँवरका छोराका रूपमा जंगबहादुरको जन्म वि.सं. १८७४ मा भएको थियो। सुरूका दिनमा लफङ्गा, जुवाडे जंगबहादुर आफूभित्रको अदम्य साहस, वीरता र चातुर्यका कारण नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा छन्। नेपालमा राणा शासनको स्थापना गरी १०४ वर्षे पारिवरिक शासनशैलीको सुत्रपात उनीबाटै भयो। बेलायतीहरूका कट्टर भक्त जंगबहादुरले आफ्ना कट्टर विरोधीहरूलाई एकएक गरी मारेर एकतन्त्री शासन चलाए। उनी बेलायत र फ्रान्सबाट फर्केपछि नेपाली कला, संस्कृति, जनजीवन र कानूनमा समेत पश्चिमी प्रभवा परेको थियो।
महारानी हिरण्यगर्भाका साथ जंगबहादुर 1864.
वि.स. १९०३ देखि २००७ साल सम्म नेपालमा राणाहरूले शासन गरे। तत्कालिन राजपरिवार भित्रको किचलोको फाइदा उठाउँदै पश्चिम नेपालका लडाकु जङ्ग बहादुर कुँवर पहिलो राणा प्रधानमन्त्री बने। वि.स. १९०३ असोज ३ मा काठमाण्डौको दरबार क्षेत्रमा भएको कुख्यात कोत पर्वमा सयौं भारदार, रइस र सैनिकको हत्या गर्ने उनको षडयन्त्र सफल भयो। त्यसपछि ऊनले आफैलाई प्रधानमन्त्री बनाएर �राणा� पद धारण गरे। राणा परिवारमा प्रधानमन्त्रीको पद वंशपरम्परागत बन्यो भने शाह राजाहरू थपना मात्र भए।
वि.सं. १९३३ मा पत्थरघट्टामा यिनको मृत्यु भयो।
जंगबहादुरपछि क्रमशः रणोद्दिप सिँह बहादुर राणा (१९३३-१९४२), वीर शमशेर जङ्गबहादुर राणा (१९४२-१९५८), देव सम्शेर जङ्गबहादुर राणा (१९५८-१९५८), चन्द्र सम्शेर जङ्गबहादुर राणा (१९५८-१९८६), भिम शमशेर जङ्गबहादुर राणा (१९८६-१९८९), जुद्ध सम्शेर जंगबहादुर राणा (१९८९-२००२), पद्म शमशेर जङ्गबहादुर राणा (२००२-२००५) र अन्त्यमा मोहन सम्शेर जङ्गबहादुर राणा (२००५-२००७) सम्म राणा प्रधानमन्त्रीका रूपमा नेपालमा शासन चलाए।[१]
नेपालको शैक्षिक विकासमा जंगबहादुर[सम्पादन गर्ने]
सन् 1850मा लण्डनमा जंगबहादुर
राणाकालपूर्वका शाही शासनमा त शिक्षाको प्रादुर्भाव नै भएको थिएन भने सिङ्गो राणाकाल पनि शैक्षिक दृष्टिले निकै नै उपेक्षित अवधि रहृयो। उता राणाको १०४ वर्ष एउटा यस्तो अवधि थियो जुनकालमा छिमेकी वि्रटिश-भारतले आफ्नो शैक्षिक र औद्योगिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्यो। दुर्भाग्य यसै अवधिमा हाम्रो देश भने ज्यादै कुण्ठित एवं उपेक्षित शैक्षिक जीवन लिई टाक्सिन विवश बन्यो। त्यसैले विदेशीहरूले निष्कर्ष निकाले-नेपालमा शिक्षा ठीक त्यत्तिकै अप्राप्य छ जति आयरल्याण्डमा सर्प।'
राणाकालको १०४ वर्ष नै यस्तो रहृयो जब कुनै न कुनै रूपमा नेपालले उच्च शिक्षा मात्र होइन पाश्चात्य शिक्षाको पनि जग हाल्न सक्यो। सुखद प्रसङ्ग त के भने निरङ्कुश एवं आततायी राणा शासनका संस्थापक एवं प्रथम राणा प्रधानमन्त्री र कास्की तथा लमजुङका श्री ३ महाराज जंगबहादुर कुँवर राणाजी नै यस्ता थिए जसले नेपालमा पाश्चात्य शिक्षाको जग बसाले। ई.१८५० मा एसियाकै पहिलो प्रधानमन्त्रीका रूपमा विट्रेनको भ्रमणमा पुगेका जंगबहादुरले वि्रटिश साम्राज्यले गर्न सकेको विश्व विजय र प्रगतिको पछाडि उसको शैक्षिक जागरण नै कारक रहेको हृदयङ्गम गरी आˆना छोराहरूमा पनि त्यस्तो शिक्षा दिन सकियोस् भन्ने हेतुले नै नेपालमा पाश्चात्य शिक्षाको जग बसालेका थिए।
प्रारम्भमा जंगबहादुरकै गोल बैठकमा यो पाश्चात्य शिक्षाको श्री गणेश भएको कारण पछिबाट नेपालको पाश्चात्य ढर्राको माध्यमिक शिक्षण संस्थाको प्रथम नाम नै 'दरबार हाइस्कूल' पर्न गयो। तीनताका राणा प्रधानमन्त्री जंगबहादुरको निवास थापाथलीमा थियो र 'थापाथली दरवार' कहिन्थ्यो। सोही दरबारमा रहेको उनको भव्य गोलबैठकमा अङ्ग्रेजी शिक्षक मास्टर क्यानिंगले उनका छोराहरूलाई पाश्चात्य शिक्षा दिन थालेपछि विधिवत नेपालमा अङ्ग्रेजी शिक्षाको जग बस्यो। यो वि.सं. १९९१ सालको कुरा थियो। शुरुका जंगबहादुरका छोराहरूले मात्र पढ्ने यस गोलबैठक शिक्षामा क्रमशः उनका भाइ, भतिजाहरू पनि संलग्न हुन थाले। त्यसैगरी क्रमशः दरबारिया भाइ भारदारका छोराहरूले पनि यसमा पढ्ने छुट पाउँदै गए। अन्ततः द्वितीय राणा प्रधानमन्त्री रणोद्विपसिंह का पालामा वि.सं. १९४८ मा उक्त गोल बैठकमा हुने पाश्चात्य पढाइ कार्यका लागि रानी पोखरीको पश्चिमतर्फ एक पृथक भवन बनाई उक्त पठनपाठन कार्य त्यही स्थानान्तरण गरेपछि नै नेपालमा औपचारिक ढङ्गले माध्यमिक स्तरको पाश्चात्य शिक्षाको प्रादुर्भाव हुन सकेको हो। जो हालसम्म भानु माध्यमिक विद्यालयतर्फ दरबार हाइस्कूलका रूपमा जीर्ण र मरणासन्न अवस्थामा नेपालको राजधानी काठमाडौंको मुटु रानी पोखरीमा यथास्थान आफ्नो अन्तिम सास फेर्दैछ।
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]
Jump up ↑