भुकम्प गएको डेढ बर्ष महिना वितिसकेको छ । भूकम्प पीडितहरु अहिले पनि त्रिपाल र जस्ताको टहरोमै बस्न बाँध्य छन् । डेढ बर्षको अवधिमा भूकम्प पीडितहरुले निकै कष्टकर बर्षा र हिउँद विताउदैँ आएका छन् । सरकार छ केही त गरिलेदा भन्ने आशा अब पीडिहरुमा हराउदै जान थालेकोछ । सरकारले मुस्किलले पहिलो किस्ता पचास हजार रुपैयाँ दिने भनेको पनि डेढ बर्ष नै वितिसक्यो । पहिलो किस्ता बैंकसम्म पुगेपनि भूकम्प पीडितलेको खातामा अझै पुगेको छैन् ।giranchaur-sindhupalchowk-dhurmus-suntali-basti-7
आश र त्रासमा जीवन विताउदै आएका भूकम्प पीडितहरु सरकारले बस्ने बासको व्यवस्था गरिदेला भन्नेमा धेरै आशावादी छैनन् । गच्छे अनुसारको घर र टहरो बनाएर आफ्नो दुःख सुख जीविका चलाउदै आएका छन् । भत्किएको घरमै खनीखोस्री गरेर सक्नेले टहरो बनाएका छन नसक्नेले जसोतसो झुपडी बनाएका छन् ।giranchaur-sindhupalchowk-dhurmus-suntali-basti-4
नागरिकहरुलाई दुःख आपत विपत पर्दा साथ र सहयोग गरिदिने भनेको सरकार नै हो । तर सरकार भने सिंहदरवारको कुर्सीको दौडमा लिप्त छ । भूकम्प पीडितले राहत पाए कि पाएनन भन्नेसम्म सरकार खासै चासो राख्दैनन । भूकम्प पीडितको चिन्ता भन्दा पनि राजनीतिक दलरुलाई कुर्सीकै चिन्ताले बढी सताएको छ ।
सत्ता बदल्नेसम्मको खतरनाक संकेत !giranchaur-sindhupalchowk-dhurmus-suntali-basti-6
मनमा दृढ इच्छा शक्ति भयो भने असम्भव दुनियाँमा सायदै होला । जहाँ इच्छा त्यहाँ उपाय पक्कै पनि हुन्छ । सरकारसँग स्रोत र साधन पनि छ । बजेट पनि छ । जनशक्ति पनि छ । तर इच्छा शक्ति नहुँदा अहिले पनि भूकम्प पीडितले दुःख झेल्दै आएका छन् ।giranchaur-sindhupalchowk-dhurmus-suntali-basti-8
हिउँदामा चिसोले कठ्याङ्ग्रिदै आएका छन् । बर्षामा त्रिपाल र जस्तापाताले पानी टहराभित्र छिर्दा पीडाले रन्थनिदै आएका छन् । १८ महिनामा गफ मात्र लाएर बसेको सरकारलाई कलाकार धुर्मुस सुन्तलीले निकै ठूलो चुनौती दिएका छन् । धुर्मुस सुन्तलीको प्रयासमा सिन्धुपाल्चोकको गिरानचौरमा ६५ वटा भुकम्प प्रतिरोधी घर ठडिएको छ ।
धुर्मुस सुन्तलीले सरकारले गर्न नसकेको काम गरेरे दुनियाँलाई नमुना उदाहरण देखाएकाछन् । सरकारले १८ महिनाको अवधिमा पहिलो किस्ता पुर्याउन नसकेको अवस्थामा धुर्मुस सुन्तलीले भने ६ महिनामै ६५ वटा घर निर्माण गरेर भूकम्प पीडित परिवारलाई साँचो हस्तान्तरण गरेका छन् । नयाँ घर पाएपछि गिरानचौरवासी हर्षित भएका छन् । वस्ती निर्माण भएपनि गिरानचौरवासीसँग खुसीको सीमा नै छैन् । गिरानचौरवासी भन्छन–‘हाम्रो त सरकार नै धुर्मुस सुन्तली हुन् ।’
धुर्मुसको निर्णयले ज्वरो आयो
रामबहादुर तामाङ
अध्यक्ष, गिरानचौर एकीकृत नमूना वस्ती व्यवस्थापन समितिgiranchaur-sindhupalchowk-dhurmus-suntali-basti-9
हामीले मेलम्ची नगरपालिकामा पर्ने गिरानचौरमा भूकम्प जानु अघि नै नमूना वस्ती निर्माण गर्ने योजना बनाएका थियौँ । गाउँलेहरुको बीचमा सल्लाह पनि भएको थियो । एकीकृत वस्ती निर्माणको लागि भेला पनि गर्यौ । समिति पनि गठन गर्यौ । भूकम्प गएपछि त सबैको घर भत्कियो । सबै टहरोमै बस्नु पर्ने बाध्यता आइलाग्यो । भूकम्प गएपछि रेडियो मेलम्ची र सामुदायिक जुगल एफएमबाट एकीकृत बस्ती निर्माणको लागि कार्यक्रम नै सञ्चालन गर्यौ ।
धुर्मुस सुन्तलीले वस्ती बनाए, प्रचण्डले सिन्को भाँचेनन्: वैद्य
हामीले रेडियोबाट सञ्चालन गरेको एकीकृत वस्ती निर्माणको कार्यक्रम निकै प्रभावकारी भयो । तर कहाँबाट सुरु गर्ने कसरी गर्ने भन्नेमा भने अन्यौलता नै थियो । त्यसै क्रममा कलाकार धुर्मुस सुन्तली खानेपानी तथा सरसफाई दुत भएर चौतारामा आउने कार्यक्रम सुन्यौ । चौरातामा मैले सकेसम्म मेलम्ची नगरपालिका पठाइदिन आग्रह गरेको थिए । नभन्दै धुर्मुस सुन्तली मेलम्ची नगरपालिका आउनु भो ।
पछि सम्पर्क गरौला भनेर जानु भोgiranchaur-sindhupalchowk-ram-br-tamang
मैले मेलम्चीमा भेटेपछि उहाँले मेलम्ची नगरपालिकाका चार-पाँच वटा वस्ती हेर्नु भो । साँझमा मैले गिरानचौर लिएर आएको थिए । २०७२ चैत्र ५ गते गिरानचौरमा धुर्मुस सुन्तलीको भव्य स्वागत गरियो । गिराचौर हेरेपछि पछि सम्पर्क गरौला भनेर धुर्मुस जानु भो । नभन्दै १५ दिनपछि धुर्मुसले फोन गरेर बोलाउनु भो । धुर्मुससले मलाई भेटेपछि दाई फाउण्डेसनको नाममा १ लाख ७४ हजाार रुपैयाँ छ, पैसा मुखमा छ घर बनाउन सबैलाई मनाउनु पर्यो । सम्याउने काम तपाईहरुकोे भो । वस्ती बनाउने काम मेरो भो भनेपछि मलाई ज्वरो आयो ।giranchaur-sindhupalchowk-dhurmus-suntali-basti-1
२०७२ चैत्र २२ गते ६५ घरका बासिन्दालाई भेला गराएर वस्ती निर्माण गर्नको लागि समिति गठन गरियो । जग्गा एकीकरण गरेर हामीले त्यही दिन काभ्रेको पहिरी वस्ती हेर्न गयौे । धुर्मुुस सुन्तलीले बनाएको पहिलो वस्ती त मन पर्यो तर पिल्लर नभएकाले चित्त नबुझेर हामीले धुर्मुसँग पिल्लरवाला नै घर बनादिन आग्रह गर्यौ । उहाँले सहमति जनाउनु भो । अहिले एउटा घरको ७ लाख ९१ हजार रुपैयाँ लागत लागेको छ ।
अमेरिका बेलायतदेखि श्रमदान
वस्ती निर्माण भएकै दिनबाट ६५ घरपरिवारले अनिवार्य रुपमा निर्माणमा लाग्यौ । वस्ती निर्माणको लागि श्रम गर्न अमेरिका, बेलायत, जापान, जर्मनी हगेरी लगायतका देशबाट सयौ व्यक्तिहरु आए । हाँसी खुसी भएर माटो पन्छाए । ढुगा बोेके । हामीलाई हौसला थपे । नेपाली सेनाले पनि श्रम गर्नको लागि सैनिक पठायो । नेपाल प्रहरीले सुरक्षाको बन्दोवस्त गरिदियो । विभिन्न संघ संस्थाबाट पनि श्रमदान गर्न आउनु भो ।
अवरोध गर्नेलाई समाजवाट निकाल्ने निर्णय
giranchaur-sindhupalchowk-dhurmus-suntali-basti-5
गाउँ ठाउँ त्यस्तै हो । समाजमा सबैको चित्त बुझाउन निकै गाह्रो हुुन्छ । समिति गठन गर्ने बेलामा नै सबैलाई प्रतिबद्धता गराइएको थियो । अवरोध गर्ने त निस्किए तर उनीहरुको केही लागेन । जसले अवरोध गर्छ उसलाई समाजबाट बहिष्कार गर्ने भनेपछि कसैले पनि आँट गरेनन् । काममा कुनै अवरोध नहोस भनेर हामीले विभिन्न उपसमिति गठन गरेका थियौ । जे जे समस्या आउछ उप समितिमा नभए मेरो समितिमा भन्ने भनेका थियौ । समस्या आयो तर धुर्मुससम्म पुग्नु परेन, मैले नै समाधान गरे ।
(स्थलगत रिपोर्ट) धुर्मुस सुन्तलीलाई भगवान मानेर गिरानचौरबासीले लगाए भाइटीका (फोटोफिचर)
धुर्मुस सुन्तलीले बनाए यस्तो नमूना बस्ती