दिपकराज गिरीको दशैं


SUBMITTED BY: parso

DATE: Nov. 5, 2016, 4:02 p.m.

FORMAT: Text only

SIZE: 1.9 kB

HITS: 400

  1. नेपाली कथानक चलचित्र छक्का पञ्जाको सफलताले दिपकराज गिरी र दीपाश्री निरौलालाई नयाँ उचाईमा पुर्याएको छ । दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पञ्जाको लोकप्रियतासँगै नायक दिपकराज गिरीले नयाँ चुनौती थपिएको बताएका छन् । उनका अनुसार अहिलेसम्म छक्का पञ्जाले ११ करोड रुपैयाँ कमाई सकेको छ ।
  2. dipak-raj-giri
  3. अपार माया पाइयो, चुनौती थपियो
  4. छक्का पञ्जा निकै सफल फिल्म भयो । यो खुसीले मलाई थप चुनौती पनि थपिएको छ । सामजिक जनजीवनलाई टपक्क टिपेर ल्याएको हुनाले पनि हो छक्का पञ्जाले रेकर्ड नै तोडन सफल भयो । सबैलाई विशेष धन्यवाद दिन चाहन्छु । नेपाली फिल्म हेर्दैनन चल्दैनन भन्ने थियो । राम्रो गर्न सके राम्रो चल्छ भन्ने उदाहरण छक्का पञ्जाले पेश गरिसकेको छ । यो सफलताले खुसीको सीमा नै छैन् । दर्शकले निकै माया गर्नु भयो । आगामी दिनमा झन धेरै चुनौति थपिएको छ । यति धेरै फिल्मलाई दर्शकले माया गर्नुमा आफ्नो टिमको मेहनत नै हो ।
  5. राम्रो फिल्म बनाउनु पर्छ नचल्ने कुरै छैन
  6. फिल्म निर्माण गर्दा सामाजिक विषय वस्तुलाई नै पछ्याउनु पर्छ । कलात्मक रुपमा प्रस्तुत गर्दा फिल्म हेरेको हो कि समाजमा घटिरहेको घटना हेरिरहको छु भन्ने धेरै अन्तर नपरोस । हामीले हाम्रो मौलिकता समातेर फिल्म निर्माण गर्ने हो भने नचल्ने कुरै छैन् । जति फिल्म बने सबै राम्रो नै चलेको छ ।
  7. छक्का पञ्जाले ११ करोड कमायो
  8. वितरकका अनुसार छक्का पञ्जाले ११ करोड रुपैयाँ कमाएको मैले जानकारी पाएको छु । पैसा भन्दा धेरै दर्शकको माया पाएका छौ । यो मायाले थप नयाँ उर्जा थपेको छ । छक्का पञ्जा जतिकै शसक्त पुनः फिल्म निर्माण गर्ने योजना बनेको छ ।
  9. दिपाजी हुनुहुन्न, दशैंमा खासै कार्यक्रम छैन
  10. दीपाजी भाईको विवाहमा जानु भएको छ । उहाँ व्यस्त भएको कारण दशैको संयुक्त रुपमा खासै कार्यक्रम छैन् । दशैंमा फेरि सबै आ–आफ्नै काममा व्यस्त हुने गर्छन । सबै खुसी भएर दशैं मनाऔं । हाम्रो परम्परा चाडपर्वलाई व्यवस्थित ढंगले मनाऔं ।
  11. दशैं दुई/चार प्याक लगाएर मनाइन्छ
  12. दशैंको नेपालीहरुको महान चाड हो । फिल्म चलेकोमा खुसी छु । दशैमा दुई/चार प्याक लगाएर मनाइन्छ । घर परिवारसँग बसेर रमाईलो गरिन्छ । फिल्म चलेकै छ । अझै चल्छ । खुसी यसै पनि छु । दशैंमा झन खुसीको साथ मनाउने सोचमा छु । दशैंको सबैलाई शुभकामना ।

comments powered by Disqus