भारतीय राष्ट्रपतिको नेपाल भ्रमणपछि अवरुद्ध भएका सडक र काठमाडौंमा लगाइएको ‘सफ्ट कू’लाई लिएर सामाजिक सञ्जालमा विरोध तथा टिकाटिप्पणी भैरहेका छन् । २ पटक सम्म नाकाबन्दीको प्रसंग आएपछि प्रणवले कुरा मोडे
प्रणवको नाममा दिइएको सरकारी विदा देखि शुरु भएको विरोध ट्वीटरमा गरिएको भारतीय राष्ट्रपतिलाई स्वागत छैन भन्ने ट्रेण्डिङ र त्यसपछि फेसबुकमा देखिएका भाइरल पोष्ट सम्म लम्बिएको छ ।
यस्तै विरोध गर्नेको सूचीमा महानायक राजेश हमाल पनि थपिएका छन् । राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमा भारतीय राष्ट्रपतिको सवारीले नेपालीले दुख पाएकोप्रति आक्रोश पोख्दै लेखेका छन्, “मित्र रास्ट्रका प्रमुख आफ्नो देशमा छ्दा हामी कहाँ नाकाबन्दी,हाम्रो देशमा आउँदा कर्फ्यु…मित्रता भारी पर्ने भो।”।
१८ वर्षपछि भारतीय राष्ट्रपतिको भ्रमण हुन लागेको भन्दै सरकारले एक दिने सार्वजनिक विदा दिएको थियो भने मुखर्जीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफै विमानस्थल पुगेकी थिइन् । भारतीय राष्ट्रपतिलाई सलामीः नेपाली सैनिकको तस्विर भाइरल
तर भारतीय राष्ट्रपतिको भ्रमणको जनस्तरमा भने ब्यापक विरोध भएको छ ।