p26


SUBMITTED BY: parso

DATE: Nov. 7, 2016, 10:41 p.m.

FORMAT: Text only

SIZE: 5.4 kB

HITS: 303

  1. Home
  2. Latest pastes
  3. FAQ
  4. Random
  5. 0.09162 mBTC
  6. parso
  7. p25
  8. Advertise here
  9. SUBMITTED BY: parso
  10. DATE: Nov. 7, 2016, 3:58 p.m.
  11. FORMAT: Text only
  12. SIZE: 5.1 kB
  13. Raw Download
  14. HITS: 400
  15. Go to comments Add to favorites
  16. Edit Remove Report
  17. आइतबार विहान देखि नेपाली राजनीतिको पारो एकाएक चढ्यो । सरकारविरोधी महौल बनाउन उद्धत मिडियाले एउटा संविधान संसोधनको मस्यौदा भन्दै मुलधारका मिडियाले सनसनी समाचार प्रकाशित गरेपछि चढेको पारो सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध थियो ।
  18. “सडक फराकिलो पार्दा तेश्रो पार्टी भयो, लोडसेडिङ हटाउँदा के होला ?”
  19. अंगीकृत नागरिक पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायत १० वटा संवैधानिक पदमा नियुक्त हुन पाउने गरी संविधान संशोधनको मस्यौदा सरकारले मधेशी मोर्चाका नेताहरुलाई दिएको भन्दै कान्तिपुर लगायतका मिडियाले संसोधनको ड्राफ्ट नै प्रकाशित गरेपछि राजनीतिक हंगामा यहाँ सम्म पुग्यो कि केही युवा सडकमा समेत ओर्लिए । तर प्रधानमन्त्रीको कार्यालय, कांग्रेस नेता र मधेसी मोर्चाका नेताले यो मस्यौदाबारे आफूहरुलाई थाहा नभएको बताएपछि ड्राफ्ट प्रकरण एक पक्षको इसारामा भएको मिडियाबाजी र हल्लामात्रै भएको पुष्टि हुन पुगेको छ ।
  20. prachanda-airport-talk
  21. कसको डिजाइनमा भयो यो प्रचारवाजी ?
  22. राष्ट्रवादी ओली सरकार ढालेर शुरु देखि प्रचण्डविरोधी माहौल बनाइरहेको एक तप्का मधेशी दलहरुको माग अनुसार संविधान संसोधन गर्न खोजेको भनेर शुरु देखि अनुदार छ । भारतीय राष्ट्रपतिलाई स्वागत गर्दा लम्पसार परेको भनेर सामाजिक सञ्जाल रंगाउनेहरुका लागि सोही समूहले आइतबार एउटा मसला प्रदान गर्‍यो । अघील्लो दिन विविसी र आइतबार विहान अन्नपूर्ण पोष्टले अंगिकृतलाई कार्यकारी पदमा नियुक्त गर्ने बाटो खुलेको भन्दै समाचार प्रकाशित गरेपछि दिउसो कान्तिपुरले पनि एक्स्लुसिभ भन्दै प्रस्तावित भनिएको संविधान संसोधनको मस्यौदा सार्वजनिक गरेपछि यसको विरोधमा सडकमा समेत विरोध भयो ।
  23. ओली सरकार ढल्नु अघि जस्तै संकेतः प्रचण्डविरुद्ध मुलधारे मिडिया पुरै नकारात्मक
  24. विविसीले श्रोत उल्लेख नगरी ‘सरकारले तयार पारेको संशोधन प्रस्तावको अन्तिम बुँदामा त्यसबारे उल्लेख छ’ भन्दै समाचार प्रसारण गरेको १२ घण्टापछि आइतबार कान्तिपुर दैनिकले अनलाइन संस्करणमा ड्राफ्ट नै सार्वजनिक गर्‍यो । कान्तिपुरको समाचारमा ‘सत्तारुढ दलका तर्फबाट उपप्रधानमन्त्री विमलेन्द्र निधि, कृष्णबहादुर महरा र मन्त्री रमेश लेखकले तयार पारेको संशोधन मस्यौदा अहिले मधेसी मोर्चाका हृदयेश त्रिपाठी, राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्णवृषेशचन्द्र लालको हातमा छ’ भन्ने उल्लेख थियो । तर मस्यौदा हातमा रहेको भनिएका नेताहरुले यो समाचार गलत रहेको भन्दै खण्डन गरेपछि भने कान्तिपुरको समाचार समेत धरापमा पर्‍यो ।
  25. oli-prachanda-meet
  26. श्रोतका अनुसार शुक्रबार साँझ प्रचण्डले ओलीसँग कुरा गर्दा मोर्चाको तर्फबाट आएको माग अनुसार अन्तरिम संविधानको मर्म अनुसार संविधान संसोधनको प्रस्ताव गर्ने र त्यसको ब्यापक विरोध हुने निश्चित भएका कारण त्यो पास गर्न नसकिने भनेर फिर्ता लिने रणनीति सुनाएका थिए । ओलीले प्रचण्डको प्रस्तावलाई उनैलाई अप्रत्यक्ष प्रहार गर्ने हतियारकोरुपमा प्रयोग गर्ने रणनीति बनाए । ‘महरा टेप प्रकरण’ शैलीमा मिडियामा पुगेको यो मस्यौदाको मुख्य प्रायोजक ओली रहेको श्रोतको दावी छ । जसका कारण यसैपनि भारत परस्त भनेर आरोप खेपिरहेका प्रचण्ड र कांग्रेस सभापति देउवामाथि खनिनेहरुलाइ राम्रो मसला प्राप्त भयो । प्रचण्ड र देउवा मिलेर भारतलाई खुसी बनाउन यस्तो प्रस्ताव ल्याएको भनेर आलोचना गरियो र सडकमा नारावाजी समेत भयो ।
  27. मधेशी दलहरु भित्र परस्पर विरोधी रणनीति
  28. नक्कली संसोधन ड्राफ्ट कसरी सार्वजनिक भयो भन्ने अडकलवाजी चलिरहँदा कतिपयले मधेशवादी दलका नेताहरुले यो प्रचारवाजी गरेको आशंका गरेका छन् । कसरी यस्तो भयो भन्ने विषयमा मधेशवादी नेताहरुबाट समेत फरक फरक कुरा आएका छन् । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संविधान संशोधनको ड्राफ्ट मोर्चाका नेताहरुको हातमा परेको अफवाह मात्र भएको बताए । हेडलाइन्ससँग कुरा गर्दै उनले भने ‘मोर्चालाई आएको भए त हामीलाई पनि थाहा हनुपर्ने हो।’
  29. प्रचण्डमाथि प्रहार भएपछि प्रकाश दाहालले लेखे- दुवै खेल एमालेको
  30. उता संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका प्रेस सहयोगी महेश चौरसियाले भने यो प्रोपोगाण्डामा सदभावना पार्टीका नेताको हात रहेको आरोप लगाएका छन् । उनले फेसबुकमा लेखेका छन्, “मस्यौदाको खेस्रा अनौपचारिक ढंगले हेर्छु भनेर माग्ने र दुई बुँदा थपथाप गरी सद्भावना पार्टीका एक जना नेताले हतार हतारमा मिडियामा सार्वजनिक गरेको बुझियो । स्रोतका अनुसार सरकारका एक जना मन्त्रीले अनौपचारिक रुपमा हेर्न मस्यौदाको चार बुँदे त्यो खेस्रा तपलोपा नेता हृदयेश त्रिपाठी, सद्भावना पार्टीका नेता लक्ष्मण लाल कर्ण र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई पठाएका रहेछन् । तर, कसैसँग छलफल नै नगरी अंगिकृत नागरिकलाई संवैधानिक पदको सुनिश्चिता सहित दुई बुँदा थप गर्दै लक्ष्मणलाल कर्णको सहमतिमा सद्भावना पार्टीका एक नेताले सो खेस्रा मिडियालाई पठाए ।”
  31. mahes-chaurasiya-status-on-draft-leak
  32. उनले आक्रामक अभिब्यक्तिसहित लेखेका छन्, विगत झैं सद्भावना पार्टीका नेताहरुले गर्दै आएको तिकडम, बितण्डा, स्टन्ट र नौटंकीको यो एउटा ताजा नमूना मात्रै हो”।
  33. यस्तो पनि आशंका
  34. लोकमान प्रकरणमा एक ठाउँमा आएपछि हिमचिम बढाएका ओली र प्रचण्डले मिलोमतोमै यो मस्यौदा लिक गराएर त्यसको ब्यापक विरोध गराउने र मधेशी मोर्चाका मागलाई मत्थर गराउने रणनीति तय गरेको समेत कतिपय मधेशी र कांग्रेसका नेताको आशंका छ ।
  35. तर प्रचण्डको सचिवालय भने यो काम एमालेको एक तप्का र मधेशी गठबन्धनको एक गुट मिलेर गरेको निष्कर्षमा पुगेको छ । ओलीसँग भएको प्रचण्डको कुराकानीपछि यो प्रोपोगाण्डाको तयारी भएको र मधेशी नेताहरुलाई प्रयोग गरेर यसलाई कार्यन्वयन गरिएको दावी माओवादी केन्द्रका एक नेताले नेपाली हेडलाइन्ससँग गरे । प्रचण्डलाई भारतपरस्त देखाएर माइनस गर्ने र मानमर्दन गर्ने डिजाइन अनुसार यो मिडियाबाजी र प्रोपोगाण्डा गरिएपनि अन्ततः यो असफल भएको उनले बताए । प्रचण्ड पुत्र प्रकाशले आइतबार नै फेसबुकमा स्ट्याटस लेख्दै मस्यौदा सार्वजनिक गर्ने र सडकमा विरोध गर्ने दुवै एमाले भएको दावी गरेका थिए ।

comments powered by Disqus