अन्तमा


SUBMITTED BY: parso

DATE: Nov. 7, 2016, 5:36 a.m.

FORMAT: Text only

SIZE: 7.2 kB

HITS: 187

  1. अबको राजनीतिक विचारसँगै आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउनु पर्ने मान्यता राख्ने नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रीय सदस्यका उम्मेदवार विष्णु धिताल राजनीति र ब्यवसायमा उतिकै क्रियाशिल ब्यक्ति हुन् । लमजुङमा जन्मिएर विगत तीन दशकदेखि काँग्रेसको रानजीतिमा सक्रिय हुँदै आएका धिताल नेपालको सफा सवारी व्यवसायीका अध्यक्ष समेत हुन् । वित्तिय र बैंकिङ्ग क्षेत्रमा समेत स्थापित उनले २०४० सालबाट कांग्रेसको भातृ संगठन नेविसंघबाट राजनीतिक जीवनको प्रारम्भ गरेका धिताल नेविसंघको केन्द्रिय सचिवदेखि तरुण दलको केन्द्रिय सदस्य हुँदै दुई कार्यकाल लमजुङ काँग्रेसको क्षेत्रिय सभापति समेत भैसकेका छन् ।
  2. पञ्चायत ढाल्न र गणतन्त्र ल्याउनको लागि पटक–पटक गरी लामो समय जेल जीवन विताएका धितालले आफ्नो उम्मेदवारी पार्टीको विचारलाई मजबुद्ध र आर्थिक समृद्धिको लागि भएको बताएका छन् । ०४६ सालको जनआन्दोलनमा छ महिना जेल बसेका धितालले २०६२÷०६३ को जनआन्दोलनमा २७ पटकसम्म जेल परेको बताउँछन्। आसन्न १३ औं महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका उनले महाधिवेशनबाट सही फैसला हुने बताए । आगामी महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका धितालसँग पार्टीको आगामी दिशा, एजेण्डा लगायतको विषयमा नेपाली हेडलाइन्सले गरेको कुराकानीः–
  3. महाधिवेशनको तयार कस्तो हुँदैछ ?
  4. –१३ औं महाधिवेशन भव्य र सभ्य ढंगबाट अगाडि बढिरहेको छ ।
  5. महाधिवेशनमा तपाईको उम्मेदवारी किन ?
  6. मरो उम्मेदवारी पार्टी राम्रो बनाउनको लागि हो । संगठन बलियो बनाउन । तरुण दल नेविसंघमा निरन्तर काम गरियो । जिल्लामा दस बर्षसम्म क्षेत्रिय सभापति भएर काम गरे । तीन दशक पार्टीमा विताइसकेको छु । अब केन्द्रीय तहमा पनि काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । काँग्रेसका प्रदेशमा रहेर काम गर्दा राजनीतिसँगै विकासलाई महत्व दिएर काम गर्ने हो । आर्थिक क्षेत्रलाई समृद्धि बनाउनु पर्छ । अहिले संविधानको कार्यान्यन गर्नु, लोकतान्त्रिक मुल्य मान्यतालाई संस्थागत गर्दै आर्थिक मुद्दालाई प्रभावकारी रुपमा अगाडि बढाउनको लागि मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ ।
  7. Bishnu Dhital 1 (1)
  8. विष्णु धिताल, केन्द्रीय सदस्यको उम्मेदवार एवं युवा नेता, नेपाली कांग्रेस
  9. आर्थिक समृद्धि गर्ने के– के छन् एजेण्डा ?
  10. –क्षेत्र र जिल्लामा पुगेर विदेश जाने क्रमलाई न्युनिकरण गर्ने स्वदेशमै रोजगारीको अवसर सृजना गर्ने । खाडी मुलुकमा जाने युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर दिलाउने । त्यहीभित्र काँग्रेसको विचारलाई फस्टाउने हो । सबैले भन्ने गर्छन, पहिलो प्राथमिकता राजनीतिक हो । अब यो संस्कारलाई फेर्नु पर्छ । अब पहिलो एजेण्डा आर्थिक समृद्धिलाई बनाउनु पर्छ । आर्थिक समृद्धि विना देशले विकासको फड्को मार्न सक्दैन । राजनीतिक रुपमा संविधानसभा मार्फत धेरै परिवर्तन नभएका छन् यसलाई अब संस्थागत गर्नुपर्छ । देशको आर्थिक समृद्धिमा सबैको ध्यान जानुपर्छ । विचारले मात्र खान दिदैन । मुलुकमा विभिन्न शासन प्रणाली थियो त्यो छैन । वैचारिक छलफलसंगै काँग्रसको विचार लोकतान्त्रिक गणतन्त्र समाजवाद संगसंगगै अब आर्थिक एजेण्डालाई प्रमुख मुद्दा बनाउनु पर्छ । आयमुलक उद्यमशिल काम गर्नुपर्छ । गरिबलाई जबसम्म धनी बनाउन सकिदैन तबसम्म राजनीतिक फस्टाउन सक्दैन।
  11. पार्टीलाई अगाडि बढाउने तपाईसंगै के छन योजना ?
  12. –युवाहरुलाई अवसर दिने विचारलाई पनि अगाडि बढाउने । अब हामीले गर्ने भएको गाउं गाउंमा बुढापाकाहरुको टोपीको घेरा फाटेका छन् । अब पार्टीले गरिब जनताको जीवनस्रत उकास्सने काममा लाग्छु पर्छ । त्यसको लागि अब नेतामुखी होइन कार्यकर्तामुखी बनाउनु पर्छ । अब कार्यकर्ता मालिक नेता सेवक हुन भन्ने बनाउनु पर्छ । कार्यकर्ता दास हुन भन्ने संस्कार परिवर्तन गर्नुपर्छ । देशभरबाट प्रतिनिधिको रुपमा पार्टीको भाग्यको फैसला गर्ने न्यायाधिशहरु आउनु भएको छ । म अब कार्यकर्तालाई मालिक मानेर सेवक हुन्छु ।
  13. रोजगारीकै खोजीमा युवाहरु विदेश जाने क्रम रोकिएको छैन यसलाई कसरी व्यवस्थिति गर्ने ?
  14. हाम्रा युवाले खाडीमा खुनपसिना बगाई रहेका छन् । उनीहरुलाई आर्थिक उपार्जन र आत्मसम्मानको साथ गाउँमै बस्ने वातावरण बनाउनु पर्छ । कृषि उत्पादन र पर्यटन प्रबद्र्धन गर्न होमस्टेको विकास गर्न सकिन्छ । गाउँमै रोजगारीको अवसर भयो भने को विदेश जान्छ ?
  15. यतिका बर्षसम्म कांग्रेसले किन आर्थिक समृद्धिलाई आफ्नो एजेण्डा बनाउन सकेन ?
  16. –अब, त्याग जेलनेलको खोक्रा भाषण चुटेर मात्र हुँदैन । अब तीस वर्ष जेलमा बसेको मान्छेले आएर मुलुकलाई समृद्ध पार्न सक्दैन उहाँहरुलाई सम्मान गर्नु पर्छ । तर, अब शीर्ष नेताहरुको विचारलाई अघि बढाउँदै युवालाई समेटेर पार्टी र देश बनाउनु पर्छ । टिके प्रथा र नातावाद कृपावादमा लाग्यौं । यसले लोकतान्त्रिक परिपाटीलाई विकास गर्न सकेन । लोकतन्त्रको गहना भनेको नै निर्वाचन हो ।
  17. Bishnu Dhital 1 (2)
  18. बर्षौै वितिसक्दा समेत किन भातृ संगठनको निर्वाचन हुन नसकेको ?
  19. –अब, तत्काल सवै भातृ संगठनको निर्वाचन हुनु पर्छ । नयाँ नेतृत्व छान्नु पर्छ । पार्टीको १३ औं महाधिवेशनबाट पनि अव मुलुकलाई हाक्ने र काँग्रेसको आर्थिक नीति लागु गर्न सक्षम नेतृत्व छान्नु पर्छ । नेताहरुको घरमा विहान वेलुका धाउने होइन ।
  20. पार्टीमा नीति भन्दा पनि नेता प्रधान हुँदै गयो भन्छ नि ?
  21. –यी दुई एक अर्काका पुरक हुन् । नेतृत्वले नीति बनाउँछ । फेरी नेतृत्वले नै त्यो नीतिलाई कार्यन्वयन गर्छ । तर, पनि काँग्रेसमा नीति प्रधान छैन् । आज शेरवहादुर देउवाले पनि मेरो नीति यो हो भनेर छलफल र बहस चलाएको भए राम्रो हुन्थ्यो ।
  22. युवा पुस्ता नेतृत्वमा आए भने तपाईसंग के अवधारणा छ ?
  23. यसका लागि मैले धेरै तयारी गरेको छु । मेरो ब्यवसाय विद्युतिय सवारी हो । हिजो एउटा गाडीबाट सुरु भएको व्यवसायमा अहिले सात सय गाडी सञ्चालनमा छन् । म त्यसको अध्यक्ष पनि हुँ । आज मैले आफ्नो गुजारा चलाउन पुग्ने आम्दानी गरिरहेको छु । त्यो कुनै भ्रष्टाचार, ठगी गरेर कमाएको हैन । म आज वित्तिय क्षेत्रको पनि महत्वपूर्ण ठाउँमा पुगेको छु । कुनै बैंकको अध्यक्ष पनि छु । त्यो कतैबाट कमाएर मन्त्री पद खाएर भ्रष्टाचार गरेर ल्याएको हैन ।
  24. आर्थिक रुपमा कसरी समृद्ध हुने भन्ने भिजन म सँग छ । युवालाई रोजगारी दिने, पछाडि परेका दलित, महिला मधेशी मुस्लिम समुदायलाई निशुल्क स्वास्थ्य, शिक्षा दिने । उच्च जाति ब्राम्हण क्षेत्रीलाई पनि आरक्षणको उचित प्रबन्ध मिलाउने, गाउँका युवालाई गाउँमा नै रोजगारीको अवसर प्रदान गर्ने कृषकलाई उन्नत र ब्यवसायिक खेतीको लागि अनुदानको ब्यवस्था गर्ने । माछा खुवाउने मात्र हैन माछा मार्न सिकाउनु पर्यो, म त्यो काम गरेरै छाड्छु ।
  25. ब्यक्तिगत पहलमा जिल्लामा के के विकासको काम भए ?
  26. –मैले व्यक्तिगत रुपमा मेरो बुताले भ्याएसम्म काम गरेका छु । केही ठाउँमा माछा पालनको ब्यवस्था गरिदिएको छु । केही ठाउँमा ब्यवसायिक बाख्रा पालनको पनि प्रबन्ध मिलाई दिएको छु । विभिन्न विद्यालयका भौतिक पूर्वधार निमार्णमा पनि मैले पहल गरेको छु । तर, विकास ब्यक्तिगत पहलमा हैन राज्यको नीति भित्र पर्नुपर्छ । एउटा ब्यक्तिले गरेर हुँदैन् । राज्यको संयन्त्र बलियो बनाउनु पर्छ । हरेक उद्योग गर्छु भन्ने किसानलाई गाई पालन माच्छा पालन उन्नख खेती गर्नका लागि कम्तीमा पनि दुई लाख रुपैयाँ लोन दिने ब्यवस्था गर्नुपर्छ । यस्ता सामान्य नीति पनि हामीसँग छैन् । अनि कसरी बन्छ मुलुक ? राज्यबाटै नीति बनाएपछि मात्र मुलुकले आर्थिक रुपमा गति लिन्छ । ब्यक्तिगत पहल त गौण हुन् ।
  27. काग्रेसमा किन साठी नागेको नेता नै किन पदको लागि यत्रो मारामार गर्छन ?
  28. माओेवादी एमालेको देख्नु भएको छ नि । पार्टी नेतृत्व नछोड्दा सबैले छोडेर गए । काँग्रेसमा यही राम्रो संस्कार छ शीर्ष नेतालाई मान्ने ।
  29. रामचन्द्र पौडेल नै किन सभापति ? उहाँसँग पार्टी हाँक्ने के त्यस्तो क्षमता देख्नुहुन्छ ?
  30. उहाँ प्रस्ट वक्ता । भिजन र मिसन पनि छ । वीपीको विचारलाई तर्क संगत ढंङ्गले उहाँले अघि बढाउन सक्नु हुन्छ । उहाँ वीपी र कृष्णप्रसाद भट्टराईको स्कुलिङ र संगतबाट आउनु भएको मान्छे । भ्रष्ट्राचारमा नमुछिएको मान्छे । उहाँको भिजन लागु गर्न एक पटक उहाँलाई पार्टी सभापति बनाउँनु पर्छ ।
  31. अन्तमा के भन्न चाहनुहुन्छ ?
  32. –पार्टीमा विचारका धनी शीर्ष नेताहरुलाई सँगै राख्दै कांग्रेसभित्र विचारमुखी उमेद्वारलाई मत दिनु पर्छ । जोसँग विचार र कार्यक्रम छ त्यस्तो नेतृत्व छान्नु पर्छ । सुविधा भोगी हैन गाउँगाउँमा गएर काँग्रेसको संगठन बनाउन सक्नु पर्छ । जसले आर्थिक, कार्यक्रम विचार र नीतिलाई अघि बढाउन सक्छ । उनीहरुलाई नै जिताउनु पर्छ । सक्षम व्यक्तिलाई जिताउनु पर्छ ।

comments powered by Disqus