महामन्त्रीका उम्मेदवार
१३ औ महाधिवेशनमा महामन्त्रीमा संस्थापन पक्षमा दुई प्यानल भएपछि भोट तानातान भएको छ । कार्यवहाक सभापति रामचन्द्र पौडेल नेता शेरबहादुर देउवा र महामन्त्री कृष्ण प्रसाद सिटौलाले सभापतिमा उम्मेदवारी दिएका छन् । संयोज नै भन्नुपर्छ शेरबहादुर देउवा पक्षबाट अर्जुननरसिहं केसी र सिटौला पक्षबाट गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिएका छन् । केसी र थापा नातामा ससुरा ज्वाइँ हुन् । अहिले सुसुरा ज्वाइँको चर्चा उचाइमा रहेको छ । केसीले अन्तिम क्षणसम्म पनि थापालाई सम्झाउने कोशिस गरेका थिए । तर थापाले प्यानल नै खडा गरेर उम्मेदवारी दिएपछि ज्वाइँ ससुराको बोलचाल नै बन्द भएको छ । थापा जित्ने दावी गरिहेका छन् भने केसीले पनि जित्ने दावी गरेका छन् । सभापतिसंगै महामन्त्रीमा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
Gagan-Thapa
तपाईले कुनै बेला भयङ्कर आलोचना गर्ने कृष्णप्रसाद सिटौलासंग गुट बनाएर किन उम्मेदवारी दिएको ?
– मेरो ब्रम्हले यो राष्ट्र र पार्टीको पक्षमा जे ठिक लाग्छ त्यसको पक्षमा उभिएको छु । कुनै बेला म आलोचक रहेको छु । कुनै बेला म समर्थक रहेको छु । मैले उम्मेदवारी घोषणा गर्ने बेलामा पनि यो कुरा भएको छु । यो कुनै गुट होइन परिस्थितिले उत्पन्न गराएको एउटा चौतारीजस्तो हो । संविधानको कार्यान्वयनको चरणमा संविधान जसरी पनि लागू गर्नुपर्ने चुनौती रहेको छ । संविधानलाई प्रेम गर्ने सन्र्दभमा हाम्रो कुराहरु मिल्छ । अन्य विषयमा थुप्रै कुराहरु मिल्दैन । कतिपय कुराहरु मिल्दैन । कतिपय कुराहरु मिल्छ । मिल्ने कुराहरु मिलाउदै जाने नमिल्ने कुराहरुमा भोली आफ्नो ब्रम्हले जे देख्छ त्यसको पक्षमा उभिन्छु । विपक्षमा उभिनु पर्छ भने पनि उभिन्छु ।
भारतले नेपालमा व्यवस्थापन गर्न खोज्छ भन्छन, त्यसमा पनि सिटौलाजी पर्दा पछाडिको खेलाडी भन्ने गरेको उनीसंग जोडिदाखेरी कतै तपाईलाई पनि दक्षिणतिरको लाइन हो कि भन्ने तपाईलाई मान्छेले भन्ने थालेका छन् नि ?
–मैले यो पार्टीको महाधिवेशनमा लिखित दस्तावेजको रुपमा पेस गरेको छु । यसमा मैले उठाएको महत्पूर्ण विषय भनेको नेपालको राजनीति दलहरुका क्रियाशिल व्यक्तिहरुको सन्र्दभमा व्यक्ति विशेष डिल गर्ने, छिमेकी संग डिल सुक्ष्म ढंगले गर्ने नेपालको राजनीतिमा जे परम्परा छ । यो परम्पलाई तोडनु पर्छ । यो परम्परालाई सम्पूर्ण रुपमा नभत्काएसम्म राजनीति सुध्रिदैन भन्ने लिखित दस्तावेजमा उल्लेख गरेको छु । यो प्रस्ताव बनाएर लिएर आउने सायदै म एक्लो उम्मेदवार होला । अधिवशेनको मुखतिर गएर तिर्थयात्रा गर्नेहरुले सायद यो प्रश्नको उत्तर दिनुपर्छ होला ।
तपाईको सुसुरा महामन्त्रीको उम्मेदवार अर्जुननरसिंह केसी अन्र्तवार्ता गर्दा नयाँ पुस्तालाई दिनुपर्ने तपाईको छोरा समानको मान्छेलाई दिनुपर्ने भनेर प्रश्न सोधेका थियौ । तपाईको बुबा समान मान्छेलाई किन नछोडनु भएको किन प्रतिस्पर्धा गरेको ?
–अहिले महामन्त्रीको प्रतिस्पर्धामा अर्जुनरसिंह केसी पनि हुनुहुन्छ । अर्जुन नरिसंह केसी मेरो अत्यन्त सम्मानित नेता पनि हुनुहुन्छ । आफ्नो नेतासंग प्रतिस्पर्धा गर्ने कुरा त गाह्रो हुन्छ भने त्यसमाथि नेता आफ्नै पिता समानको हुँदै गर्दा गाह्रो नहुने त कुरा नै भएन । मेरो आफ्नो जीवनका कठोर निर्णय पनि थियो । कोही कसैको छोरा भएको कारण र कोही कसैको बुबा भएको कारणले गर्दा यो बेलामा राष्ट्रप्रति मेरो जिम्मेवारी पार्टीप्रतिको मेरा जिम्मेवारी आम नेपाली युवाहरुले अब त नेपालको राजनीतिक गर्ने तरिका फेरिनु प¥यो । नेपालका राजनीतिक दलका नेताहरुले गर्ने काम कारवाही फेरिनु प¥यो भनेर चिन्ता व्यक्त गर्नुभएको छ । त्यो प्रति जवाफदेही नभइकन मेरो मन र भावनाप्रति ढल्किएको भए त्यो झन ठूलो अन्याय हुन्थ्यो ।
अग्रजप्रति सम्मान गर्न नसक्ने र आफ्नो दुनो मात्र सोझ्याउने म्यासेज जादैन ?
–मलाई पटक्कै त्यस्तो लाग्दैन । हामी जसको बारेमा कुरा गरिरहेका छौ उहाँहरु मरै उमेको हुँदै गर्दा अत्यन्तै पाको भनिएका नेता कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, बिपी कोइरालहरुले मेरो उमेरका तन्नेरीहरुलाई पार्टीभित्र काम गर्ने अवसर दिएको देख्छु । हिजो पाको उमेरका हटाएर त्यतिबेला गिरिजाप्रसाद कोइराला कृष्ण भट्टराईले युवालाई स्थान दिएकै हो । म चालिस बर्ष पुग्न लागे मेरो उमेरमा प्रतिस्पर्धा गर्नेहरु कांग्रेसको महत्वपूर्ण जिम्मेवारीमा आइसक्नु भएको छ । पाको नेताहरुले हामीलाई मद्दत गर्नु प¥यो । मेरो प्रश्न उहांहरुलाई छ–आजको दिनमा कांग्रेस एउटा घर हो भने घर सञ्चालन गर्ने सन्र्दभमा आफैले हुर्काएको बढाएको संरक्षण गरेका स्नेह गरेको विश्वास गरेको छोरा नाती समान यो घर चलाउने सन्र्दभमा हामी पनि अलिकता अंशियार बन्छौ, हामी पनि अलिकता मेहनत गछौ भन्दा आफूले हुर्काएको मान्छेमाथि रत्तिभर विश्वास गर्न सकिन्न ?
तपाईको उमेरमा बिपी कोइरालाको दर्शन स्थापित भइसकेको थियो, बिपीको मात्र नीति जपेर न कांग्रेसले फलो गरेको छ, न नयाँ नीति लिन्छ, यस्तो तरिकाले राजनीतिक कहाँसम्म पु¥याउने सोच छ तपाईहरुको ?
–यो दुःखको साथ भन्नु पर्छ । हामीले गरेको प्रयासहरु न पार्टीका साथीहरुले न बाहिरबाट बुझ्ने चेष्टा गरिएको छ । बिपीले पार्टी स्थापना गर्ने बेलामा राष्ट्रियता लोकतन्त्र र समाजवाद पार्टीको सिद्धान्त हो भनेर भनेका थिए । ००३÷००४ सालमा पार्टी स्थापना गर्ने बेलामा जुन लोक दृष्टिको साथ त्यो कुरा भनिएको छ । अहिले ०७२÷०७३ सालमा आउदा पनि त्यही कुरा हो त ? निश्चिय पनि त्यसो हुन सक्दैन । आजको दिनमा राष्ट्रियताको परिभाषा के हुनुपर्ने ? लोकतन्त्रको परिभाषा के हुनुपर्निे होला ? खास गरी समाजवादको परिभाषा के हुनुपर्ने होला ? बिपीले भन्नुभएको समाजवादी अहिले पनि हाम्रो सिद्धान्त हो तर त्यो सिद्धान्तको सम्पूर्ण रुपमा नयाँ व्याख्या गर्नुपर्छ भनेर प्रस्तुत गरेका छौ । जसलाई चित्त बुझ्दै मेरो यो धारणा हो भनेर आयो भने पो त्यो बहस सघन हुन्छ ।
युवा भनेर तपाईको पछि मान्छे लागेको पनि देखिन्छ, तपाईको कुरा कसैले सुन्दैनन भने नेतृत्व दिनुहुन्छ कसरी ?
–पार्टीको रुपान्तरणको लागि जुन प्रस्ताव मैले तयार पारेको छु । प्रस्ताव तयार गर्छन तर कार्यान्वयन गर्ने ठाउँमा छैन । मलाई के गर्छस भनेर साध्यो भने मैले जे लेखेको छु त्यही गर्छु । यसको लागि त कार्यान्वयन गर्ने ठाउँमा पुग्नु प¥यो । म नेपाली कांग्रेसको महामन्त्री हुने हो भने कांग्रेसलाई नेपाली जनताले सबै भन्दा बढी भरोषा गर्ने पार्टी बनाउछु,प्रत्येक पटक कांग्रेसलाई रोज्नु पर्ने आकषर्ण सृजना गर्छु, जनताले जनजीवनमा जे अपेक्षा गरेको छ त्यसलाई पूरा गरेर अगाडि जान सकिन्छ । राज्य शक्ति र स्रोत भया भने अनुभुत गर्ने गरी परिवर्तन ल्याउंछ भन्ने परिणाम देखिने गरेर देखाउछु । योजना मैले दस्तावेजमा उल्लेख गरेको छु ।
महाधिवशेनमा दस्तावेज छलफल हुँदैन, महामन्त्रीमा हार्नुभयो भने केन्द्रीय सदस्य पनि हुनुहुन्न ?
–म पार्टीको एउटा सदस्य हुँ । हिजो केन्द्रीय सदस्यमा नरहदा पनि आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको थिए । पार्टी मेरो घर हो । जिम्मेवारीको निम्ति प्रयास गर्ने हो । मलाई लाग्छ नियतिले सुम्पिएको एउटा दायित्व हो जस्तो लाग्छ । परिणामको बारेमा मलाई चिन्ता छैन् । पार्टीका यत्रा साथीहरुलाई भोली महाधिवशेन सम्पन्न भएपछि सोधिने छ, तिमीले फलोलाई किन हरायो ? फलानो सही परिवारमा जन्मिएको थिएन,त्यस कारण हरायौ होइन भने मेरो पराजयको ठोस कारण उहांहरुले पनि बोकेर लिएर जानु पर्ला नि ?