प्रायः सिकार खेल्न जाँदा राजा महेन्द्र परविारका सदस्यलाई लिएर जाँदैनथे। तर, यसपटक उनी रानीसहित परविारका धेरै सदस्यका साथ सिकार खेल्न पुगेका थिए। दुर्भाग्य ! सोही क्रममा चलेको गोली लागी रानी रत्न घाइते बन्न पुगिन्।
१७ माघ २०२७ को कुरा हो। कञ्चनपुरको शुक्लाफाँटामा बाह्रसिंगेको सिकार खेल्न गएको बेला थियो यो। बाह्रसिंगेको बथान देखेपछि परविारका धेरै सदस्यले एकैसाथ गोली चलाए। तर, एउटा गोली बाह्रसिंगेको सिङमा लागी उछिट्टएिर फर्कियो र रानी रत्नको पेटमा लाग्न पुग्यो। त्यसपछि त के थियो, त्यहाँ हाहाकार र कोलाहल मच्चियो। तर, त्यो कसले चलाएको थियो भन्ने अहिलेसम्म पनि अनुत्तरति नै छ।
यत्तिकैमा राजाका निजी चिकित्सकले हतारहतार सामान्य प्राथमिक उपचार गरे र जतिसक्दो छिटो विशेषज्ञ डाक्टरको उपचार गराउन सुझाए। त्यसपछि राजा महेन्द्रले रानीलाई तुरुन्त काठमाडौँ लैजान आदेश गरे। त्यहाँको खबर दरबार हुँदै सेना र गृह मन्त्रालयसम्म पुगिसकेको थियो।
त्यतिबेला गृह पञ्चायत मन्त्रालय अन्तर्गत दुई जना सचिव थिए, एउटा गृहसचिव अर्को पञ्चायतसचिव। गृहसचिव राजाको सवारीसँगै गएकाले दुवै सचिवको जिम्मेवारी मेरो काँधमा आइपरेको थियो। त्यसै गरी नेपाली सेनाका प्रधानसेनापति सिंहबहादुर बस्नेत पनि सवारीसँगै गएकाले उनको अनुपस्थितिमा सेनाको जिम्मेवारी गुणशमशेर जबराले सम्हालिरहेका थिए। त्यस बखत कार्यविभाजनमा नपरेको कुनै पनि काम गृह मन्त्रालयले गर्ने नियम थियो। त्यही अनुसार, यो काम मैले नै गर्नुपर्यो।
दरबारमा त्यो खबर पुग्नासाथ युवराज वीरेन्द्रले तुरुन्त सेनाको स्काई भ्यान विमानमा औषधी र स्टे्रचर राखेर पठाउन आदेश दिए। त्यसपछि क्याप्टेन प्रकाशविक्रम शाहलाई त्यो जिम्मेवारी दिइयो। छोटो धावनमार्गमा पनि उडाउन र ओराल्न मिल्ने किसिमको भएकाले स्काई भ्यान रोजिएको थियो।
महेन्द्रनगर विमानस्थलबाट उडाउँदा उज्यालै भए पनि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउँदा राती हुने पूर्वानुमानका साथ हामीले उज्यालोका लागि केही पेट्रोम्याक्स भाडामा लियौँ। र, तिनैका सहायताले त्रिभुवन विमानस्थललाई झलमल्ल पारेर अवतरण गराउने व्यवस्था मिलायौँ। त्यसबेला रातीको समयमा विमान अवतरण गराउनु ज्यादै जोखिमपूर्ण मानिन्थ्यो।
युवराज वीरेन्द्र आफैँ विमानस्थलको टावरमाथि बसेर छिनछिनमा महेन्द्रनगरबाट उडेको विमानबारे जानकारी लिइरहेका थिए। उनी कति चिन्तित र भावविह्वल थिए भन्ने कुरा त्यहाँको दृश्यले नै स्पष्ट पाथ्र्यो। छिनमा तल ओर्लिने र छिनमा माथि चढेर जानकारी लिने काम करबि डेढ-दुई घन्टासम्म चलिरह्यो।
यसरी जसोतसो रानीलाई राती करबि ७ बजे काठमाडौँमा अवतरण गराइयो। ओड्ने ओडाएर सुताइएको अवस्थामा रानी रत्नलाई राजा महेन्द्र, भाइ हिमालय, बुहारी पि्रन्सेप, एडीसी जर्नेल र डाक्टरहरूले वरपिरबिाट घेरेका थिए। वातावरण बिल्कुल शान्त र नीरव थियो।
अर्कोतिर, रानीलाई गोली लागेको खबर काठमाडौँमा हावासरी फैलिएका कारण विमानस्थलमा मान्छेको घुइँचो थामिनसक्नु भयो। मानिसहरूमा ठूलो कौतूहल थियो। युवराज वीरेन्द्रले जसरी हुन्छ, मानिसहरूलाई आश्वस्त पारेर आ-आफ्नो घरतर्फ जाने वातावरण मिलाउन हामीलाई निर्देशन दिए। तर, ज्यादै गाह्रो भयो, मानिसहरूलाई सम्झाइबुझाई गरेर पठाउन।
वीर अस्पतालमा सबै डाक्टर 'स्ट्यान्डबाइ' थिए। विमानस्थलमा एम्बुलेन्सका साथ राजाको सवारी गाडी पनि आइपुग्यो। वातावरण यति स्तब्ध बन्यो कि सियो खसेको पनि सुनिने भयो। यत्तिकैमा रानीलाई एम्बुलेन्समा राखियो। राजाका लागि उनको सवारी गाडी तम्तयारी अवस्थामा अगाडि बढ्यो। तर, पत्नीप्रेममा विह्वल भएका राजा आफ्नो गाडीमा नचढी एम्बुलेन्समा ड्राइभरसँगै बसे। त्यसपछि त के थियो, एडीसीहरू किंकर्तव्यविमूढ भएर छरपस्ट भए, एक किसिमको भागदौड नै मच्चियो।
वीर अस्पतालको एक्सरे कक्ष तम्तयारी अवस्थामा थियो। हतारहतार एक्सरे गरी गोली अड्किएको स्थान पत्ता लगाएर डा अञ्जनीकुमार शर्माले अप्रेसन गरे र पेटमा रहेको गोली निकाले। आफ्नै दिदी इन्द्रराज्यलक्ष्मीदेवी शाहको दुःखद निधनपछि ००९ सालमा युवराज महेन्द्रसँग विवाहबन्धनमा बाँधिएकी रत्न नेपालका अधिकांश भाग घुम्ने एक मात्र रानी मानिन्छिन्, जसका लागि राजा महेन्द्रले पनि धेरै कुरा त्याग गरेकाथिए। तिनै रानीको अपरेसन सफल भएपछि राजा महेन्द्रले सन्तोषको लामो सास फेरेका थिए।