we14


SUBMITTED BY: parso

DATE: Nov. 7, 2016, 7:50 a.m.

FORMAT: Text only

SIZE: 2.2 kB

HITS: 598

  1. तर खै भ्रम निराकरण गर्न सघाउ पुरयाए पनि त्यो भ्रम हटेको देखिन्न । नाकावन्दी खुलेकै छैन ।
  2. पख्नुस न । समय लाग्दो रहेछ । आज कुरा गर्‍यो भोली नै त्यसको परिणाम आउन गाह्रो पर्छ । किनभने धेरै जटिल र जेलिएको अवस्था छ । तर कमसेकम भ्रम निराकरण भएको अनुभव गरेको छु ।
  3. के रहेछ त त्यो भ्रम ?
  4. पहिले त नेपालको अहिलेको परिस्थिती र आन्दोलनका बारेमा अनि संविधानमा व्यवस्था गरेको कतिपय विषय वस्तुमा पनि यथार्थ जानकारीको अभाव रहेको महसुस गरे । दुई देशका पदाधिकारी र नेताहरुका बीचमा पनि असमझदारी भएको रहेछ । त्यसलाई हटाउन म सफल भएको जस्तो लागेको छ । तर परिणाम नदेखिएसम्म सफल भए भनेर मैले एक पक्षीय रुपमा दावी गर्नुको अर्थ पनि छैन । तर म आशावादी छ ।
  5. मैले यो पटक भारतीय नेताहरुसँग जोडदार रुपमा उठाएको अर्को कुरा के हो भने विगतमा नेपाल र भारत दुबै देशबाट केही कमी कम्जोरी भए होलान्, यसको कारणले र नेपालको आन्तरिक राजनीतिमा देखा परेको विवादका कारण दुई देशको सम्बन्धलाई बन्धक बनाउन हुँदैन र पारवहन तथा आपूर्ति व्यवस्थामा अवरोध पुर्‍याएर नेपालका सर्वसाधारण जनतालाई कष्ट दिने र अर्थतन्त्रलाई धरासायी बनाउन पाइदैन भनेर मैले जोडदार रुपमा राखेको छु । र उनीहरुले पनि गम्भीर रुपमा ग्रहण गरेको पाएको छु । बाँकी कुरा त परिणाममा देखिने हो । परिणाममा सुधार भए भइहाल्यो, भएन भने पनि त राष्ट्रिय स्वाधिनताको रक्षाका लागि निरन्तर लागिरहनु पर्छ ।
  6. तपाईले भारतमा रहँदा भारतीय पक्षसँग ४ बुँदे सहमती गर्नु भयो र बालुवाटारमा त्यसलाई परिमार्जन गरेर ३ बुँदे बनाइयो र त्यसकै आधारमा मधेसी मोर्चासँग सहमती गर्दै हुनुहुन्छ भन्ने कुरा पनि आएका छन् ? खास कुरा के हो ?
  7. भारतमा गएर कुनै पनि कुरामा सहमती सम्झौता गर्ने भन्ने प्रश्न हुँदै हुन्न । दुई देशका सम्बन्धका बारेमा केही कुराहरुमा सहमती हुन सक्लान । तर नेपालको आन्तरिक राजनीतिका बारेमा भारतीय नेताहरुसँग सहमती सम्झौता गर्ने भनेर त म परिकल्पना पनि गर्न सक्दिन । अहिले चर्चामा आइरहेको जुन कुराहरु छ, खासगरी तराई मधेसको समस्या समाधान गर्ने क्रममा त्यो त नेपाल भित्रै उब्जेको प्रस्ताव हो । जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्नु पर्ने, समानुपातिक समावेशी सिद्धान्तलाई मौलिक हकमा राख्ने, प्रदेशको सिमांकनलाई राजनीतिक समिति गठन गरी छिटै कार्यान्वयन गर्नु पर्छ भन्ने कुरा त म दिल्ली जानु अघि नै यहाँ दलहरुका विचमा नै सहमती भएको विषय हो । यहि विषय मैले भारतीय नेताहरुलाई जानकारी गराएको हुँ । र त्यो नै अहिलेको राजनीतिक समस्या समाधान गर्ने रोडम्याप हो भन्ने कुरामा कन्भिन्स गरेको छु ।

comments powered by Disqus